News Portal

२० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

२८१ पटक

काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष उमेर पुगेपछि विवाह गरी समयमै सन्तान जन्माउन उत्प्रेरित गर्न आवश्यक रहेको बताएका छन्।

उनले भने, “विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धिले मात्र मानव अस्तित्व सुरक्षित रहन्छ। त्यसैले प्रजनन क्षमताको अनुकूल समयमा विवाह र सन्तान जन्माउनुपर्छ।” आफ्नै अनुभव सुनाउँदै ओलीले अत्यधिक व्यस्तताका कारण सन्तान नहुने अवस्था बनेको भन्दै यसलाई समयमै सच्याउनुपर्ने बताए।

उनका अनुसार सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको हुँदा त्यसपछि विवाह गरेर ३० वर्ष नपुग्दै तीन जना सन्तान पाइसक्नुपर्ने धारणा राखे। “४० कटेपछि रमाउला भन्ने गीतले होइन, समयमा परिवार विस्तार गरेर रमाउनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्या वृद्धिको गति सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिँदै हरेक नागरिकले आफ्नो सन्तान वृत्तिलाई पृथ्वीका लागि जिम्मेवारीको रूपमा बुझ्नुपर्ने बताए। “जनसङ्ख्या बिना देश हुँदैन। जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ,” उनले भने।

उनले शक्तिशाली मुलुकहरूलाई इंगित गर्दै केवल आफ्नो स्वार्थका लागि हतियार बनाएर मान्छे मार्ने प्रवृत्तिको आलोचना समेत गरे। “मानव जातिको सृष्टि नै अमूल्य छ। आफ्नो स्वार्थका लागि निर्दोष मानिस मार्ने काम बन्द हुनुपर्छ,” उनले चेतावनी दिए।

प्रधानमन्त्री ओलीले सन्तान नपाउनुपर्छ भन्ने जनचेतनाले जनसङ्ख्या नै ऋणात्मक बन्ने स्थिति सृजना गरेकोमा चिन्ता व्यक्त गरे। उनले विश्वका विकसित देशहरूमा समेत जनसङ्ख्याको कमीले अस्तित्व नै संकटमा पारेको भन्दै सन्तुलित व्यवस्थापनका लागि राष्ट्रिय नीति कडाईका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...