आज : २०२६-०६-१३, शनिबार

तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे अध्यक्षतामा बसेको बैठकबाट सर्वसम्मत पूर्ण निर्णय गरिएको बताएको छ।

अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी २ तारिखको दिन नेपाली राष्ट्रिय अतिथि कलाकारहरू साथै स्थानिय कलाकारहरूको सांगीतिक धमाका कार्यक्रम आयोजना गर्ने जनाएको छ।

सन् २००९ मा स्थापना भएको तनहुँ सेवा समाज कुबेतले नयाँ वर्षको अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रवारको दिन ‘सांगितिक धमाका २०२६’ नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई तनहुँ ‘सांगितिक धमाका २०२६’गर्ने अध्यक्ष खत्रीले जानकारी दिए।

नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिडिया मार्फत जानकारी गराउने अध्यक्षले बताए।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि, कलाकार, खेलाडी, व्यवसायी र तनहुँबाट कुवेतमा आई कार्यरत रहेका तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरु लाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनका साथै उक्त दिन कुवेतमा रहेका नेपाली संघसस्थाले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अध्यक्ष खत्रीले अनुरोध समेत गरेका छन्।