News Portal

भोजपुरको धोदलेखानीमा पारिवारिक झगडाले लिए चार ज्यान : हत्यापछि आफैं प्रहरीलाई खबर

१५७३ पटक

भोजपुर, असार २२  — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति पारिवारिक विवादले भयावह रूप लिँदा एकै परिवारका चार सदस्यको ज्यान गएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा सासू, ससुरा, श्रीमती र सालोलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेका हुन् । परिवारका सदस्यहरू सुतेको बेला उनले छुरा रोपेर हत्या गरेका हुन् भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या गरेपछि आरोपी राजेन्द्र आफैंले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुहोस्’ भनेर खबर गरेका थिए । प्रहरीका अनुसार उनले राति ११ बजेतिर हत्या गरेर करिब १ बजेतिर प्रहरीलाई फोन गरेका थिए । संवेदनशील खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा चारै जनाको शव भेटिएको हो ।

हत्या गरेपछि फरार भएका आरोपीलाई प्रहरीले घटनास्थलबाट झण्डै पाँच किलोमिटर पर हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई दिएको बयानमा राजेन्द्रले पारिवारिक विवादकै कारण आफूमाथि आक्रमण भएपछि छुरा खोसेर हत्यामा उत्रिनुपरेको दाबी गरेका छन् । उनका अनुसार सासूले पेटमा छुरा प्रहार गरेपछि उनले सोही छुरा खोसेर सबैलाई हानेको बताएका छन् ।

छ दिनअघि मात्रै उनी ससुराली गएका थिए । पत्नीलाई डेढ महिनाअघि सासूले माइत लगेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...