News Portal

  • सफलताको शिखर चढ्दै मातृका लम्साल

    १६४१ पटक

    राम प्रसाद ढुंगेल/युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल अहिले २२ वटा कम्पनीका पिआरओका रूपमा काम गरिरहेका छन्। आत्मविश्वास, निरन्तरता र प्रगतिशील सोच बोकेर जिम्मेवारीका साथ जीवन अगाडि बढाएमा एउटा मानिसको यात्रा शून्यबाट सुरु भएर पनि अन्ततः हिरो बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् लम्साल।

    बुबा हरिप्रसाद लम्साल र आमा शान्तादेवी लम्सालका जेठा छोरा मातृका सानैदेखि जिज्ञासु र फुर्तिला स्वभावका थिए। जेठा छोरा भएका कारण परिवारमा जिम्मेवारी पनि बढी नै थियो। साथीभाइबीचमा उनी लोकप्रिय थिए भने उनका शिक्षकहरू माझ पनि प्रिय पात्र बनेका थिए। उनको पढाइ बारदशीको गौरीशंकर माविबाट सुरु भएको थियो।

    ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ, मातृका सबैको माया र प्रोत्साहन पाएर अघि बढ्न थाले। तर माया र प्रोत्साहन मात्रैले चुलोमा आगो बल्दैनथ्यो। सामान्य किसान परिवारको आर्थिक अवस्था सुधार्न उनले एसएलसी पछि वैदेशिक रोजगारीलाई नै सही विकल्प माने र युएईमा ८ सय दिरहम कमाउने लक्ष्यसहित २०१० को सेप्टेम्बरमा गल्फ इन्जिनियरिङ क्लिनिङ कम्पनीमा क्लिनरको रूपमा दुबई पुगे। यही निर्णय नै उनको जीवनको उन्नतिको पहिलो खुड्किलो बन्न पुग्यो।

    युएई पुगेपछि इमानदारी र कार्यकुशलताका कारण लम्साल छिट्टै अफिस ब्वाईमा बढुवा भए। केही वर्षपछि तुलनात्मक रूपमा राम्रो पारिश्रमिक हुने भएकाले उनले सेक्युरिटी गार्डको काम थाले। त्यस क्रममा उनले युएईको सवारीचालक अनुमतिपत्र पनि लिए। त्यसपछि केही वर्ष ड्राइभरको रूपमा काम गरे। अझ राम्रो अवसर पाएपछि उनले सेल्सम्यानको जिम्मेवारी सम्हाले। धेरै मानिसहरूसँग घुलमिल हुने स्वभाव, अरबी भाषाको ज्ञान र प्रशासनिक काममा रुचिका कारण लम्साल अन्ततः पिआरओ (जनसम्पर्क अधिकारी) बने। कम्पनी स्थापना गर्ने, भिसा र आइडी बनाइदिने, जरिवाना व्यवस्थापन गर्ने, कम्पनी दर्ताजस्ता थुप्रै कामहरू उनको जिम्मेवारीमा परेपछि उनी दिनप्रतिदिन नयाँ अनुभव बटुल्दै गए।

    आज उनी माफ गभर्मेन्ट सर्भिस (MAF) मा कार्यरत छन्। युएई मात्र होइन, जुनसुकै देशमा पनि कानुनी रूपमा बस्न भिसा आवश्यक पर्छ। लम्साल अहिले विभिन्न देशका नागरिकलाई भिसा सम्बन्धी सेवा प्रदान गर्दै अवैधानिक अवस्थालाई वैधानिक बनाउन दिनरात खटिएका छन्। नेपालीहरूलाई सहुलियत शुल्कमा सेवा दिने मात्र होइन, उनले विदेशी नागरिकहरूको काममा पनि उत्तिकै समर्पण देखाइरहेका छन्। युएई प्रवेशका लागि आवश्यक कागजात मिलाउनेदेखि नयाँ कम्पनी स्थापना (Business Setup) गर्नेसम्मका सबै काम उनी हेर्छन्।

    युएईमा व्यवसाय गर्न प्रक्रियागत जानकारी नपाएर समस्यामा परेकाहरूलाई सही सल्लाह र सहयोग पुर्‍याउँदै उनी साझा पिआरओको रूपमा स्थापित भएका छन्। नेपालीहरू त उनलाई खोज्दै पुग्छन् नै, बिदेशीहरू पनि अहिले उनीसँग सेवा लिन आउन थालेका छन्।

    सामाजिक सेवामा पनि सक्रिय मातृका झापाली समाज युएईका आजीवन सदस्य हुन्। दुःखमा परेका धेरै नेपालीलाई उनले निःशुल्क सहयोग गरेका छन् र अहिले युएईको नेपाली समुदायमा भिसा विशेषज्ञका रूपमा चिनिन थालेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ४ गतेको राशिफल

    आज भदौ ४, २०८२ (अगस्त २०, २०२५) को राशिफल  मेष (चु, चे, चो, ला, लि,...

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...

    बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

    काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक...

    दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

    काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल...