
२०७७ असार २२, सोमबार
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यवाहक सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विभाग महाशाखा प्रमुख ढकाललाई आज कार्यवाहकको जिम्मेवारी दिएको हो।
असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अर्को व्यवस्था नभएसम्म तत्कालका लाागि राखेपको सदस सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
पाँच दिन अघि नयाँ खेलकुद विकास ऐन लागू भएसँगै राखेपको सदस्य सचिव पद खाली रहेको थियो। नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ।
मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ।
