News Portal

  • भलिबलको मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह नियुक्त

    हिमाली संचार संवाददाता
    ६७७ पटक

    २०७७ असार १४, आइतबार
    काठमाडौं – प्रज्वलबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद राखेप अन्तर्गत रहेको तालिम तथा प्रशिक्षणको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

    असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयले सिहंलाई सोही मितिदेखि लागु हुने गरी प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।

    उनी यसअघि काठमाडौं जिल्ला खेलकुद विकास समितिमा भलिबल प्रशिक्षकको रुपमा थिए। त्यहाँबाट उनलाई राखेपको मुख्य प्रशिक्षकमा सरुवा गरिएको हो।

    असार ११ गते नै राखेपले सिंहलाई पत्र पठाउँदै त्यही दिनबाटै उनको जिम्मेवारी सुरु भएको जनाएको छ। यसअघि सलिना श्रेष्ठ राखेपको मुख्य भलिबल प्रशिक्षकको रुपमा थिइन्।

    काठमाडौं जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण रुपमा कार्यरत प्रज्वलबहादुर सिंह समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

    सुरुमा टेबलटेनिस खेल्ने सिंह भलिबलका समेत पूर्वखेलाडी हुन्। चार दशकदेखि खेलकुद क्षेत्रमा रहेका उनले २०३८ सालदेखि भलिबल खेलेका थिए।

    त्यसपछि राष्ट्रिय प्रतियोगिता खेलेका उनी २०४३ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका थिए। बीचमा पद खारेज भयो र २०५२ सालमा उनी फेरि सहायक प्रशिक्षककै रुपमा राखेपमा प्रवेश गरे।

    २०६४ सालमा उनी प्रशिक्षकमा बढुवा भएका थिए। ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेलेका सिंह आफ्नो समयमा राम्रो खेलाडी थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...