News Portal

नेपालद्वारा मलेसिया १९ रनले पराजित

हिमाली संचार संवाददाता
६७१ पटक

काठमाडौं – नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो ।

मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४ रन बनाए । त्यस्तै अहमद फेचले २२ तथा विरनदिप सिंहले २१ रन बनाए ।

मलेसियाको ब्याटिङ लाइनअप सखाप पार्ने क्रममा नेपालका बसन्त रेग्मीले सर्धाधिक ३ विकेट लिए ।  सोमपाल कामी र सन्दीप लामिछाने समान २-२ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र सागर पुनले पनि समान १-१ विकेट हात पारे । पानी परेपछि खेल ३० ओभरमा झारिएको थियो ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा १८८ रन बनाएको थियो ।  नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४८ बलमा ६४ रन बनाए भने ऐरीले ५१ बलमा ५४ रन बनाए । त्यस्तै अनिल शाहले १६, कप्तान पारस खड्का १३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

मलेसियाका लागि स्यारुल र स्भाभिनले समान ३-३ विकेट लिए । लगातार दुई खेल गुमाएको नेपालले मलेसियालाई हराएपछि एसिया कपमा छनोट हुने सम्भावना जीवितै छ । जसका लागि नेपालले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्य देशको खेल प्रदर्शनमा भर पर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...