News Portal

ओमनसँग हारेपछि मुख्य प्रशिक्षक टमाटाले भने : टस हार्नु नै दुर्भाग्य

हिमाली संचार संवाददाता
७४५ पटक

काठमाडौं – बुधबार भएको एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भयो । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा टस हार्नु नै नेपाल पराजित हुनुको मुख्य कारण भएको बताउँछन् ।

ओमनसँग पराजित भएपछि प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक टमाटाले भने, ‘जसले टस जित्छ उसले खेल जित्छ । त्यस्तो अवस्था थियो ।’ व्याटिङ सुधारेर थप ३०/३५ रन जोडेको भए पनि दबाब कम हुने उनी बताउँछन् ।

‘ब्याटिङमा थप ३०-३५ रन जोड्न सक्थ्यौं, त्यहाँ हामी चुक्यौं । बलिङमा अनुशासन देखिएको छैन । फिल्डिङमा पनि कमजोरी देखियो । आउने खेलमा हामी त्यसलाई सुधार गर्ने छौं’ मुख्य प्रशिक्षक टमाटाले भने ।

नेपालले आउँदा खेलहरु जित्नका लागि सबै पक्षमा सुधार गर्नुपर्ने प्रशिक्षक टमाटाको भनाइ छ । ‘आउने खेलमा हामीले जित्नका लागि २५०-२६० रन बनाउनै पर्छ । यदि हामीले सुरुमा बलिङ गर्ने हो भने १८० भित्र रोक्नै पर्छ’ उनले भने ।

बुधबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपाल टस जितेर बलिङ रोज्ने रणनीतिमा थियो । टस ओमनले जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।

नेपालको ब्याटिङ सुरुवात सामान्य नै रह्यो । नेपालले ३१ रन जोड्दा पहिलो विकेटको रुपमा सुवास खकुरेल आउट भए । उनले व्यक्तिगत ४ रनमात्रै जोडेका थिए । त्यसपछि ५६ रन जोड्दा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का व्यक्तिगत ८ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुनले ८३, ओपनर ज्ञानेन्द्र मलले ४५ र आरिफ सेखले ३६ रन जोडेपछि नेपालले २ सय २१ रनको मध्यम योगफल बनाएको थियो ।

नेपालले दिएको २२२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमनले २ ओभर बाँकी छदै ७ विकेटको क्षतिमा जित हासिल गर्‍यो । बुधबारको खेलमा नेपाली बलरले ओमनको विकेट लिन सकेनन् । यद्यपी कप्तान पारसले भने १ विकेट लिए ।

पहिलो खेलमा नै नेपाल ओमनसँग पराजित भएपछि अबको यात्रा कठिन बनेको छ । नेपालले प्रतियोगिताको दोस्रो खेलमा भोलि -बिहीबार) युएईको सामना गर्दैछ । त्यस्तै, सेप्टेम्बर १ तारेखमा नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारेखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

प्रतियोगिताको विजेताले १५ सेप्टेम्बरदेखि २८ तारिखसम्म युएईमा हुने एसिया कप खेल्न पाउने छ । छनोट प्रतियोगिताबाट छनोट भएको राष्ट्रले समूह ए मा रहेको क्रिकेटको पावर हाउस मानिने भारत र पाकिस्तानको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...