News Portal

श्रीलंकामा नेपालको तेस्रो जित

हिमाली संचार संवाददाता
६५९ पटक

एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो ।

राजधानी कोलम्बोमा २१७ रनको चुनौती पछ्याएको नेपालले ४२.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका कप्तान पारस खड्कासँगै दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

पारसले ५७ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले अविजित २३ र सुवास खकुरेलले २२ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्स क्रिकेट क्लबले निर्धारित ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि हसन हेवानायकेले ५९ र अयना सिरिवर्दनेले ३६ बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३, सागर पुन र करण केसीले समान २-२ विकेट लिए ।

नेपाली क्रिकेट टिम एसिया कप छनोटमा भाग लिनका लागि भोलि (सोमबार) मलेसिया प्रस्थान गर्दैछ । एसिया कप छनोट क्रिकेट अगष्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुँदैछ । छनोटमा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमन छन् ।

नेपालले आफ्नो पहिलो खेल २९ तारिखमा ओमनसँग खेल्दैछ । ३० तारिखमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ भने सेप्टेम्बर १ तारिखमा मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...