News Portal

श्रीलंकामा नेपालको तेस्रो जित

हिमाली संचार संवाददाता
७८४ पटक

एसिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ । नेपालले आइतबार भएको खेलमा श्रीलंकाको स्थानीय कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो ।

राजधानी कोलम्बोमा २१७ रनको चुनौती पछ्याएको नेपालले ४२.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका कप्तान पारस खड्कासँगै दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

पारसले ५७ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन बनाए । नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले अविजित २३ र सुवास खकुरेलले २२ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्स क्रिकेट क्लबले निर्धारित ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । उसका लागि हसन हेवानायकेले ५९ र अयना सिरिवर्दनेले ३६ बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ३, सागर पुन र करण केसीले समान २-२ विकेट लिए ।

नेपाली क्रिकेट टिम एसिया कप छनोटमा भाग लिनका लागि भोलि (सोमबार) मलेसिया प्रस्थान गर्दैछ । एसिया कप छनोट क्रिकेट अगष्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुँदैछ । छनोटमा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमन छन् ।

नेपालले आफ्नो पहिलो खेल २९ तारिखमा ओमनसँग खेल्दैछ । ३० तारिखमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ भने सेप्टेम्बर १ तारिखमा मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...