News Portal

नेपालले दोस्रो अभ्यास खेल पनि जित्यो

हिमाली संचार संवाददाता
५९३ पटक

मलेसियामा हुने एसिया कप छनोटका लागि श्रीलंकामा प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँ दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ।

शुक्रबार ब्लुमफिल्ड मैदानमा भएको खेलमा नेपालले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डमाथि १ सय ७६ रनको फराकिलो जित हात पार्यो। धमिलो प्रकाशको कारण डक वर्थ लुईस (डीएल) नियममा नतिजा निकालिएको थियो। नेपालले ३ सय २४ रनको विशाल लक्ष्य दिएको थियो। ब्लुमफिल्डले ३८ ओभरमा ब्याटिङ गरिरहँदा प्रकाश धमिलो बन्दै गएपछि खेल स्थगित गरी डीएल नियम प्रयोग गरेको थियो। नेपाली बलरमा सागर पुनले सर्वाधिक ३ विकेट लिए भने ललित भण्डारीले २ विकेट हासिल गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३ सय २३ रन बनाएको थियो। जसमा दीपेन्द्र सिंह ऐरीले ९५ बलमा १ सय २१ रनको सतकीय इनिङ खेले। त्यस्तै सागरले ८३ बलमा ९२ रन जोडेका थिए। उनीहरूले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गर्दै ८४÷४ को कमजोर स्थितिबाट नेपाललाई उकासेका थिए। शीर्ष चार ब्याटसम्यानमा ओपनरद्वय अनिल साह १७ रन र सुवास खकुरेल ९ रनमा आउट भए। यस्तै कप्तान पारस खड्का २३ रन र रोहित कुमार पौडेल ११ रनमै पवेलियनमा फर्केका थिए।

नेपालले भोलि आइतबार तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ। नेपाली टोली त्यसपछि मलेसियामा एसिया कप छनोटमा सहभागी हुन जानेछ। प्रतियोगितामा खेल्न वेस्ट इन्डिजमा भइरहेको सीपीएलमा सहभागी सन्दीप लामिछाने सीधै मलेसियातर्फ जानेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...