News Portal

बेमौसमी बादल

श्रीराम बस्याल 'स्वरुप'
८४२ पटक

सामान्यतया दशैँ-तिहार पछिको समय मंसिर-पुस देखि बैशाख-जेठ सम्म खासै पानी पर्दैन। यो समय भनेको एउटा उजाड,सुख्खा र खडेरीको समय हो।यो मौसममा न चराले गित गाउँछन न त अन्य कीट पतङ्गहरु नै खासै देखिन्छन। जीव जनावर देखि मानिसहरु सम्म आफुले सन्चित गरेको खाना बाहेक हुर्किदै गरेको खानेकुरा भेटाउन गार्‍हो पर्छ त्यसो त सुन्तला, मौसमी, उखु नहुने होइनन तर रुघाखोकी र चिसोको बिरामी सबैभन्दा बढि यहि समयमा भेटिन्छन। भन्ने गरिन्छ कि बनका बाख्रा स्याललाई बुढाबुढि माघलाई।

एकातिर पानीको अभाव, सडकमा धुलो अर्कोतिर आकाशमा तर्साउने मेघ-गर्जन सहितको नफाट्ने कालो मोडारियको बादल, एकछिनमै उज्यालो, एकछिनमै अँध्यारो, उकुसमुकुस, कहिले सिरेटो, ओल्लोपल्लो गाउँ,डाडाँपाखा छेक्ने कुहिरो।  हाम्रा गहना खोलानाला, झरना,पानी,पँधेरो सुनसान, बिरक्त र अस्वभाविक कोलाहल समय।

त्यसो त ईतिहास मेटिदैन र दोहोरिदैन भन्ने पनि गरिन्छ, धर्तिमा रहेका बिरुवाहरुले जब नयाँ पालुवा पलाउने हिम्मत जुटाउँछन तब त्यो कोलाहल एउटा सुमधुर शितल संगितमा परिणत हुन जान्छ र त्यसमा बिस्तारै चराहरुले गित गाउन थाल्छन अनि अरिङ्गालहरुले गोला बनाउन थाल्छन, त्यसमा कमिलाहरु  सल्बलाउन थाल्छन, धर्ति भित्रबाट सर्प र गोहोरा हरु, छेपाराहरु निस्कन्छन तब त्यो शितल बतास एउटा तुफान बन्छ र बेग बन्छ र त्यो गन्तव्यबिहिन रुमलिएको बतासलाई एउटा पहाडमा ठोक्काउँछन र अन्त्यमा भिषण वर्षा हुन्छ।

चार-चार महिना सम्म उजाड र सुख्खा राखेको  धर्तीलाई गलाउन बादलले बर्षाको अनेक रुप लिन्छ कहिले वर्षा त कहिले असिना, कहिले चट्याङ त कहिले झिल्को, मेग,गर्जन।। कमजोर धर्तिहरु भासिन्छन, बग्छन, डुबानमा पर्छन, पत्रे चट्टानहरु छिया छिया हुन्छन अर्कोतिर खोलानालाहरुले थप हिम्मत जुटाउँछन धर्तिको फोहोर पखाल्न, एउटा भाकामा लयबद्द तरिकाले सुस्साउन थाल्छन, जसमा भ्यागुता, झ्याउकिरिहरुले संगित थप्छन र साना ताल, पँधेराहरुले नदिसम्म पुग्ने आँट गर्छन साथमा नदिले समुन्द्र सम्म पुग्ने साहस गर्छन भने हिजो चिरा चिरा परेर फुटेका ढुंगाहरु गोलिका बम-बारुदहरु सामाना गर्ने दर्शनि ढुंगामा परिणत हुन्छन।। उता बिरुवाले नयाँ हाँगाहरु हाल्छन, जमिनमा नयाँ बिरुवाको उत्पत्ति हुन्छ, मौसमि अन्नबाली हरु लटरम्म हुन्छन, चराहरुले शान्तिको गित गाउँछन। प्रकृति एउटा मानवीय कृडास्थल बाट मुक्ति भएर साच्चिकै गर्व गर्ने प्रकृतिमा स्वाभिमानी हुन्छ।।

कहिले जुम्ला,कालिकोट, मुगु त कहिले चितवन, कन्चनपुरमा सुस्साईरहेका नदिहरुले छिट्टै एउटा बतासको बेग तिव्र पारिरहेको छ,

हिजो हामीले आरन थिच्दै गर्दा बाफ बनेर आकास पुगेको देशभित्रको बादल कतै दिन दुखिको चुहिने छानोमाथि
गर्जिरहेको त छैन ??

यदि त्यस्तै हो भने स्वाभिमानी प्राप्तिका लागि यो बादल पनि बढारिन या पहाडमा ठोक्किन बाट अछुतो रहन अवश्य सक्नेछैन।।

– बग्नासकाली-८, पाल्पा

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...