News Portal

  • अवतरण गर्न लागेको विमान चिप्लिएर ३ टुक्रा हुँदा तीन जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ४१६ पटक

    टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्।

    द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।

    बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। घटनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो।

    टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन्। ‘दुर्भाग्यवशः खराब मौसमका कारण द पेगासस एयरलाइन्सको जहाज धावनमार्गमा टिक्न नसक्दा ५०–६० मिटर चिप्लन पुग्यो’, स्तानबुलका गभर्नर अलि एरलिकायाले भने।

    उनका अनुसार विमान धावनमार्गबाहिर करिब ३०–४० मिटरसम्म चिप्लिएको थियो। यसैगरी त्यहाँ स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घटनामा ३ जनाको मृत्यु भएको र १७९ जना घाइते भएको पुष्टि गरेका छन्। उनले घटनामा घाइते भएको केहीको अवस्था गम्भीर रहेको पनि बताए।

    घटनाको जाँच सुरू भएको छ। यस एयरलाइन्सका जहाज यसअघि पनि धावनमार्गमा चिप्लिने गरेका घटना छन्। यसै वर्षपनि जनवरीमा यही कम्पनीको जहाज चिप्लिएको थियो भने गत वर्ष पनि जहाज चिप्लियर झण्डे समुन्द्रमा खसेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...