News Portal

भारतको टेष्ट टिममा १८ वर्षीय पृथ्वी शाह

हिमाली संचार संवाददाता
७२० पटक

एजेन्सी – भारतले इंल्याण्डविरुद्ध खेल्ने टेष्ट टोलीमा १८ वर्षीय ब्याट्सम्यान पृथ्वी शाहलाई समावेश गरेको छ ।

उनलाई मुरली विजयको स्थानमा ल्याइएको हो । कुलदीप यादवको स्थानमा हनुमा विहारी आएका छन् ।

भ्रमणकारी टोली भारतले तेस्रो टेष्ट २०३ रनको फराकिलो अन्तरले जितेको थियो । पाँच म्याचको सिरिजमा इंग्ल्याण्ड २-१ ले अगाडि छ । चौथो टेष्ट साउथहृयाम्पटनमा ३० अगष्टबाट हुनेछ ।

भारतको टेष्ट टिममा स्थान बनाएका ओपनर शाह यू-१९ टिमका कप्तान हुन् । उनले १४ फस्ट क्लास क्रिकेटमा सात शतक बनाएका छन् । उनले वेष्टइण्डिजविरुद्ध १८८ रनको पारी खेलेका थिए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...