News Portal

विप्लवको नाममा प्रकाश डुम्रेको यस्तो लुट !

हिमाली संचार संवाददाता
५३६ पटक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले करोडौँ रुपियाँ चन्दा उठाएको रहस्य बाहिर आएको छ। विप्लव निकटका पत्रकारद्वय प्रकाश डुम्रे र ओम हमालवीचको टेलिफोन सम्वादबाट चन्दा काण्ड बाहिर आएको हो।

टेलिफोनमा प्रकाश डुम्रे धेरै बोलेका छैनन् तर, ओम हमाल एकतर्फी रुपमा बोलेका छन। टेलिफोन सम्वादको वीचवीचमा सम्पादन पनि गरिएको छ। प्रकाश डुम्रे र ओम हमालबीचको सम्पादित कुराकानी:

होटल अन्नपूर्णको ७५ लाख खोइ त ? भक्तपुर ईन्जिनियङरिङ कलेजबाट ल्याएको ८५ लाख रुपियाँ खोइ ? आयल निगमबाट ल्याएको ५२ लाख रुपियाँ खोइ ? यो बारेमा छलफल नहुने। आयल निमगबाट सुदर्शन सरको कार्यालय सचिव गएर ५२ लाख रुपियाँ मागे। त्यो अहिले पार्टीको हेडक्वाटरले पनि बुझेको छैन। अर्थ विभागले पनि बुझेको छैन। त्यो विषय अहिले मुद्धा छ। त्यो पैसा काहाँ छ भनेर मुद्धा बनिरहेको छ।

होटेल अन्नपूर्णबाट केस मिलाइदिन्छु भनेर पार्टीका दुई जना सीसीएमहरू जोडिएर त्यहाँबाट ७५ लाख रुपियाँ आएको छ पैसा लिएको कुराको मसँग प्रमाण नै छ। एकपटक ५० लाख, एकपटक १५ लाख, एकपटक १० लाख गरेर ७५ लाख ल्याइएको छ।

भक्तपुर ईन्जिनियरिङ कलेजबाट चावहिन कमरेडले ८५ लाख रुपियाँ ल्याउनु भएको छ। चापागाइँजीकै योजनामा पोखरामा टहरा बनाउन लगाइएको भनेर छानविन समिति बनेको छ। त्यो हामी पनि बुझ्दै छौँ।

लास्टै पर्‍यो भने हामी पनि बोल्छौँ। चितवन मेडिकल कलेजमा प्रकाश चन्दले आन्दोलन गर्ने, प्रकाशको आन्दोलन मिलाइदिन्छु भनेर चिरञ्जीवी ढकाल आएर २० लाख रुपियाँ लगेर गयो। त्यो बारेमा पार्टी बोल्दैन। म त बोल्ने वाला छु यार।

कुरा के हो भने ७५ लाखवालाहरूलाई कोही बोल्दैन। न महासचिव बोल्छ न प्रवक्ता बोल्छ। ८५ लाखवाला, ५२ लाखवालाहरूमा कोही बोल्दैनन। अरु धेरै विषयहरू छ फोनमा धेरै कुरा नगरौँ। चापागाइँ पहिलोपटक समातिदा धेरै ठूलो रकमसहित समातिएको हो रे नि त।

एक करोड १८ लाख रुपियाँसहित समातिएको हो त्यस बारेमा पार्टीमा छलफल हुनुपर्दैन ? त्यो पनि आफ्नो कोठाबाट। झोलामा ५० लाख, खाटमुनि ५० लाख, १८ लाख कुर्सीमा देख्दा मान्छेहरू छक परे। कहाँबाट ल्यायो त्यो पैसा ? छानविन र छलफल हुनु पर्दैन ? अन्यामा हामी पनि छम के !

करोडपतिहरू पार्टीको संरक्षणमा, ५० लाखवालाहरू पार्टीको मायाममतामा, २५ लाखवालासँग अब यसो गर्नु हुँदैन भनेर सहकार्य, त्यसपछि १ लाख २ लाखावालासँग निलम्बन, निस्कासित, भौतिक कारबाही, सफाय पार्टी यही हो ?

पार्टीले कब्जा गरेर जमिनमा उसले नै टहरा बनाउन पठाएको छ। त्यो विषयमा छलफल हुँदैन। पोखराको जग्गाबाट पैसा लिएको विषयमा छानविन समिति बनेको छ। न्याय पाइएला भनेर त सक्कियो। यो पार्टीमा लागेर तपाई हाम्रो केही सुरक्षा देखिएन। लाखौँलाख उठाउनेलाई केही हुँदैन। सुनसरीको सेक्रेटरी आर्थिक घोटालाको पाँच लाखको समाचार कहिँ आउँदैन।

होटेल अन्नपूर्णबाट गुणराज लुइँटेल सरले पैसा ल्याउनुभएको हो। उहाँलाई छानविन हुँदैन। उपचार गर्न पार्टीले विदा दिएको भन्छ। पैसासहित गुणराज लोहनी पक्राउ परे। उनलाई जनार्दन शर्माले भीमप्रसाद पोखरेललाई जिम्मा लिन पठाएका थिए। प्रज्वलको छानविन समिति बनेको छ। ६ नम्बर बुँदा बनाएको कसले हो भनेर राप्तीमा छानविन समिति बनेको छ।

यि समाचारहरु पनि पढ्नुहोस।

विप्लवले पत्रकारका अध्यक्ष डुम्रे, महासचिव बिस्ट र सदस्य हमाललाई कारवाही गरेको पुष्टी, हेर्नुहोस् सर्कुलरसहित

समाचार प्रभाव: विप्लवले गरे पत्रकार डुम्रे र बिष्टलाई कारवाही, कान्तिपुरका मालिकसँग मिलेको अर्को खुलासा

विप्लवका पत्रकार डुम्रेले भूमाफियासँग पैसा र स्कुटर लिएपछि पार्टीमा बबाल, कारवाही गर्न समिति गठन

डुम्रे माफियासँगै कैलाली पुगेको भिडियो:

https://www.facebook.com/samirchandko/videos/2573998849546452

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...