News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • समाचार प्रभाव: विप्लवले गरे पत्रकार डुम्रे र बिष्टलाई कारवाही, कान्तिपुरका मालिकसँग मिलेको अर्को खुलासा

    हिमाली संचार संवाददाता
    १०४५ पटक

    काठमाडौँ ०३, २०७६ माघ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना तिन जना पत्रकारलाई कारवाही गरेको छ। पार्टी निकट जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुनेगरी कारवाही गरेको हो। त्यसैगरी सोही संगठनका केन्द्रीय सदस्य ओम हमाललाई पनि नेकपाले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। भूमाफिसँग मोटो रकम र स्कुटर लिएको समाचार हामीले प्रकाशित गरेका थियौँ।

    हाम्रो सम्पर्कमा आएका सो पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले कारबाहीको लिस्टमा राखेका भूमाफियासँग नेताको नाम लिँदै मोटो रकम असुल गरेको पुष्टि भएकोले कारवाही गरेको हो। “हामीले पार्टीभित्र पनि छानविन समिति बनाएका थियौं। समितिले प्रतिवेदन बुझाएको छ, उहाँहरु दोषी देखिएकोले थप अनुसन्धानको लागि अहिलेलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरि निलम्बन गरेका हौँ” ती केन्द्रीय सदस्यले हिमाली संचारसँग भने। अर्का पत्रकार हमाललाई पनि अध्यक्ष डुम्रेले मुछेका कारण उनलाई पनि थप अनुसन्धान गर्ने उनले बताए।

    कैलालीको हरैयास्थित सुकुम्बासीको उठिबास लगाएर उक्त जग्गामा व्यक्तिगत नाफाका लागि रिसोर्ट बनाउन लागेको भन्दै पोखराका बिमल बस्याललाई नेकपाले भूमाफिया घोषित गर्दै कारबाहीको लिस्टमा राखेको छ। तर, पत्रकार डुम्रेले तीनै बिमल बस्यालसँग पार्टीका नेतालाई मिलाउने भन्दै मोटो रकम लिएका थिए। उक्त रकम लिएको कुरा उठेपछि डुम्रेले आफ्नो संगठनका महासचिव बिष्ट र हमालले पैसा खाएको र आफू निर्दोष रहेको पार्टीलाई स्पष्टिकरण दिएका थिए। उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पार्टीले पार्टीको कानुन अध्ययन गरेका एक जना नेताको नेतृत्वमा छानविन समिति बनाएको थियो।

    उक्त समितिले डुम्रे, बिष्ट दोषी रहेको निष्कर्ष निकालेपछि केन्द्रिय समितिले उनीहरुलाई हालै सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरि निलम्बन गरेको हो। त्यस्तै डुम्रेकै बयाँनका आधारमा पत्रकार हमाल पनि उक्त घटनामा दोषी देखिएको बताइएको छ। त्यसैगरी पत्रकार डुम्रेले काठमाडौँका केही व्यवसायीहरुसँग पनि मोटो रकम असुल गरेको रिपोर्ट पार्टीमा पुगेको छ। यस्तै डुम्रेले एक म्यान पावर कम्पनिबाट ३ लाख रकम लिएर खाएको समेत पार्टीको अनुसन्धानबाट खुलेको छ। डुम्रेले विप्लव र प्रकाण्डले पठाएको भन्दै काठमाडौँमा रहेका कन्सल्टेन्सी, सिमेन्ट उद्द्योग, बैंक र केहि ब्यापारी घरानासँग मोटो रकम असुल गरेको रिपोर्ट परेको हो।

    बिष्टले स्कुटर फिर्ता गरेनन्

    पार्टीले भूमाफिया घोषित गरेका उनै बिमल बस्यालबाट डुम्रे र बिष्टले स्कुटर पनि लिएका थिए। त्यो कुरा पार्टीमा पुगेपछि फिर्ता गर्न निर्देशन दिइयो। उक्त स्कुटर महासचिव विष्ट चढ्दै आएका थिए। पार्टीको निर्देशनपछि स्कुटर फिर्ता गरिएको जवाफ दिएपनि काठमाडौँमा पत्रकार बिष्टले स्कुटर चढिरहेको उनकै सहकर्मी बताउँछन्। अहिले पनि उक्त स्कुटर फिर्ता नगरिएको बताइएको छ।

    कान्तिपुरका मालिकसँग मिलेर आन्दोलन तुहाएको आरोप

    पत्रकार डुम्रेको कान्तिपुर मिडिया ग्रुपका मालिकसँग पनि मिलोमतो देखिएको छ। न्यूनतम पारिश्रमिक कार्यान्वनयको माग गर्दै कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार तथा श्रमिकहरुको आन्दोलन पनि डुम्रेले तुहाएको आरोप लागेको छ। कान्तिपुर मिडिया ग्रुपमा कार्यरत विभिन्न संघ संगठनहरु लामो समयदेखि आन्दोलनमा थिए। उक्त आन्दोलनमा नेकपा निकट पत्रकार तथा श्रमिक पनि सहभागी थिए। तर, डुम्रेले कान्तिपुरमा हाल कुनै पनि आन्दोलन गर्ने पार्टीको योजना नरहेको भन्दै फोन गरेर मजदुरका माग तत्काल सम्बोधन नगर्न सुझाव दिएका थिए।

    त्यहाँ कार्यरत पार्टी निकट एक श्रमिकका अनुसार डुम्रेले व्यवस्थापनसँग आन्दोलनमा आफूहरुको संलग्नता नरहेको र सो मागबारे निर्णय गर्ने अधिकार कान्तिपुर मिडिया ग्रुपसँग सुरक्षित भएको भनेका थिए। पार्टीको धारणा भन्दै डुम्रेले कान्तिपुरको आन्दोलनमा आफूहरुको संलग्नता नभएको भनेपछि व्यवस्थापन पक्षले श्रमिकलाई पेलेर निर्णय गरेको छ। कान्तिपुरमा न्यूनतम परिश्रमिक कार्यान्वयनको लागि लामो समयदेखिको आन्दोलन गरेपति व्यवस्थापन पक्षले जम्मा ६ सय रुपैयाँ बृद्धि गरेको छ।

    यतिमा नमान्ने भए पेलेर जाने व्यवस्थापनले धम्की दिएपछि उक्त आन्दोलन तुहाईएको छ। यसमा डुम्रेको पनि भूमिका रहेको कान्तिपुरमा कार्यरत पार्टी निकट श्रमिकहरुले गुनासो गरिहरेका थिए। उनीहरुले यो कुरा पार्टीमा पुर्याएपछि डुम्रेलाई निलम्बन गर्न पार्टीलाई थप सजिलो भएको हो।

    यस अघि हिमालीसंचारले “विप्लवका पत्रकार डुम्रेले भूमाफियासँग पैसा र स्कुटर लिएपछि पार्टीमा बबाल, कारवाही गर्न समिति गठन” शिर्षकमा समाचार ब्रेकिङ्ग गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...