News Portal

विप्लवका पत्रकार डुम्रेले भूमाफियासँग पैसा र स्कुटर लिएपछि पार्टीमा बबाल, कारवाही गर्न समिति गठन

हिमाली संचार संवाददाता
१५५९ पटक

काठमाडौँ २८, २०७६ पौष : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पत्रकारले भूमाफियासँग मोटो रकम लिएपछि पार्टीमा बबाल मच्चिएको छ। पार्टी निकट जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले पोखराका एक भूमाफियासँग मोटो रकम लिएका हुन्।

कैलालीको हरैयाबाट सुकुम्बासीको उठिबास लगाउने भनेर चिनिएका व्यक्तिसँग डुम्रेले ५ लाख रुपैयाँ लिएपछि पार्टीभित्र कारवाहीे गर्नुपर्ने कुरा उठेको हो।

सुकुम्बासीको उठिबास लगाएको भन्दै उक्त पार्टीले कारवाहीको धम्की दिइरहेको बेला डुम्रेले पोखरा पुगेर उनै माफियासँग रकम बुझेका थिए।

डुम्रेले पार्टीलाई पोजेटिभ बनाउने र सुकुम्बासी उठाउन पार्टीभित्र लभिङ गर्ने भन्दै उक्त रकम लिएको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकमा डुम्रेलाई कारवाहीको माग उठेको थियो। बैठकमा पार्टीले संघर्ष गरिरहेको व्यक्तिसँग रकम लिने विषय गम्भीर भएको भन्दै कारवाहीको माग गरिएको थियो।

सेती महाकाली र गण्डक ब्यूरोले बैठकमा कारवाहीको माग राखेको थियो। सो पार्टीका तत्कालिन मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंगले पनि कारवाही गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।

उनका बिषयमा ब्यापक कुरा उठिसकेपछि बैठकले विरजंगकै नेतृत्वमा छानविन समिति बनाएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

“डुम्रेजीले भूमीहिन सुकुम्बासीलाई उठिबास लगाउने भूमाफियासँग मिलेको कुरा बैठकमा उठ्यो। पार्टीले संघर्ष गरिरहेको व्यक्तिसँग पार्टीकै आधाकारिक संगठनको प्रमुखले पैसा खानु गम्भीर विषय हो।

साथीहरुले बैठकमा प्रमाणसहित कारवाहीको माग गरेका थिए। बैठकले तत्कालिन मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंगको नेतृत्वमा समिति बनाएर छानविन गरी कारवाही गर्ने निर्णय गर्यो। त्यसलगत्तै उहाँको गिरफ्तारी भयो हाल त्यो विषय केहि ओझेलमा परेको छ” ती केन्द्रीय सदस्यले भने।

उनका अनुसार बैठकमा विरजंगले विगतमा बुटवलमा पनि डुम्रेले पार्टीको नाममा असुली धन्दा गरेको बताउँदै पत्रकार संगठनको अध्यक्ष बनाउँदा पनि नरोकिएकोले कारवाही गर्नुपर्ने अडान लिएका थिए।

बैठकमा महासचिव विप्लवले विरजंगकै नेतृत्वमा छानविन समिति बनाउने प्रस्ताव गरेका थिए। विरजंग गिरफ्तार पर्दैमा डुम्रेले गरेको गल्तीलाई छुट नदिने ती नेताको भनाई छ।

बैठकपछि विरजंगले एक चरण अरु नेताहरुमार्फत डुम्रेसँग त्यसबारे सोधपुछ समेत गरेका थिए। सोधपुछको क्रममा डुम्रेले उक्त रकम आफूले लिएको स्वीकार गरेका थिए तर, उक्त पाँच लाख रुपैयाँ पोखराका पत्रकार ओम हमाल र संगठनका महासचिव हिम विष्टले खर्च गरेको स्पष्टिकरण दिएका थिए।

संगठनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार हमालले तीन लाख र विष्टले दुई लाख खाएको भन्दै आफू निर्दोश रहेको स्पष्टिकरण दिएका थिए।

हमाल जेलमा रहेको बेला डुम्रेले पार्टीका नेताहरुसँग सबै रुपैयाँ हमालले नै लिएको बताएका थिए। डुम्रे र हमाललाई सँगै राखेर छलफल गर्ने वातावरणको लागि विरजंगले ब्युरो कार्यालयलाई निर्देशन दिइसकेका थिए।

त्यसैगरी उनै भूमाफिसँग अध्यक्ष डुम्रे र महासचिव विष्टले काठमाडौँबाट स्कुटर लिएको पार्टीमा रिपोर्ट पुग्यो। पार्टीले स्कुटर फिर्ता गर्न निर्देशन दियो।

डुम्रेले स्कुटर फिर्ता गरेको जानकारी पार्टी केन्द्रीय कार्यालयमा पठाए तर, अहिलेसम्म पनि फिर्ता नगरेका नेताहरु बताउँछन्। डुम्रेले स्याङ्जाका एक पर्यटन व्यवसायीसँग पनि पार्टीको नाममा मोटो रकम असुल गरेको भन्दै जिल्ला पार्टीले कारवाहीको माग गरिरहेको छ।

प्यारागलाइडिङ संचालन गरिरहेका ती व्यवसायीसँग जिल्ला पार्टीले सहयोग मागेपछि डुम्रेले गोप्य रुपमा रकम लिएको खुलासा भएको हो। डुम्रेले पार्टीलाई दिनुपर्दैन भनेर रकम लिएको थाहा पाएपछि जिल्ला पार्टीले ब्यूरोसँग कारवाहीको माग गरेको छ।

उनले केहि समय अगाडी आफ्नो संगठनको मुखपत्र छाप्न भनेर काठमाडौँका केहि बैंकहरुसँग १३ लाख रकम उठाएको समेत बिषय बैठकमा उठेको थियो।

त्यसैगरि हिम बिस्ट र डुम्रेले काठमाडौँका केहि ब्यापारीसँग आफुहरुलाई विप्लव र प्रकाण्डले पठाएको भन्दै १० लाखका दरले चन्दा मागेको र नदिनेलाई रोल्पा लैजाने धम्की दिएको रिपोर्ट पनि केन्द्रिय समिति बैठकमा परेको थियो।

पार्टीको मुखपत्र रातोखबरका कार्यकारी सम्पादक समेत रहेका पत्रकार डुम्रेले काठमाडौँमा केही व्यवसायीसँग आफ्नो निजि पत्रिका चलाउन मोटो रकम असुल गरेका छन्। उनले पार्टी प्रबक्ताको नाम जोडेर असुली धन्धा चलाइरहेका सुरक्षा स्रोतले समेत बताएको छ।

“प्रकाशजी पत्रकारिता भन्दापनि चन्दा असुलीलगायतका शंकास्पद गतिविधिमा लागिरहेको सूचना हामीसँग आएका छन्। निगरानी गरिरहेका छौं” प्रहरी स्रोतले भन्यो।

यो पनि पढ्नुहोस।

समाचार प्रभाव: विप्लवले गरे पत्रकार डुम्रे र बिष्टलाई कारवाही, कान्तिपुरका मालिकसँग मिलेको अर्को खुलासा 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...