News Portal

विप्लवले पत्रकारका अध्यक्ष डुम्रे, महासचिव बिस्ट र सदस्य हमाललाई कारवाही गरेको पुष्टी, हेर्नुहोस् सर्कुलरसहित

हिमाली संचार संवाददाता
८२१ पटक

काठमाडौँ ०८, २०७६ माघ : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो पार्टीको पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिस्ट र केन्द्रिय सदस्य ओम हमाललाई निलम्बन गरेको पुष्टी भएको छ। विप्लवले पार्टीभित्र आर्थिक अराजकता मच्चिदा पार्टीको बद्नाम भएको भन्दै उनीहरुलाई निलम्बन गरेका हुन्। पार्टीको निवर्तमान स्थायी समिति हालको सचिवालयको बैठकले उनीहरु तिनै जनाले भूमाफियासँग पार्टीको नीति विपरित पैसा लिएर खाएको पुष्टी हुन् आएकोले निलम्बन गर्ने निर्णय गरिएको सर्कुलर तल्लो कमिटीहरुमा पठाएको छ।

उनीहरुलाई बिज्ञप्ति निकालेर निष्काशन गर्दा पार्टीको बदनाम हुने भएकाले तत्कालका लागि आन्तरिक निलम्बन गरिएको एक केन्द्रिय सदस्यले हिमालीसंचारसँग बताएका छन्। उनले भने- “गत बर्ष यिनीहरुलाई नेता बनाउन पार्टीका एक थरि ठुलै नेताहरु कम्मर कसेर लागे, संगठनको सम्मेलनबाट निर्वाचित ४८ मध्ये ३८ जनाको बहुमत टीमलाई बाहिर राखेर केहि पुराना (सिनिएर) साथीहरुलाई गलत आरोपमा कारवाही गर्न लगाएर, संगठनको नाम फेरेर भए पनि डुम्रे बिस्टहरुलाई जबर्जस्त स्थापित गराउदै नेता बनाइयो। अहिले तिनैलाई सार्वजनिक बिज्ञप्ति मार्फत कारवाही गर्दा पार्टीको बदनाम हुने भयो, त्यसैले यिनीहरुलाई कारवाही गरिएको सर्कुलर आन्तरिक पार्टी कमिटीमा मात्र पठाइयो।”

पत्रकार संगठनका अध्यक्ष महासचिवले नै भूमाफियासँग रुपैयाँ र स्कुटर लिएर हिडेपछि यो विषयले पार्टीभित्र बबन्डर नै मच्चिएको छ। एक थरि नेताहरु उनीहरुलाई जसरी पनि बचाउने खेलमा लागेका छन् भने पार्टीको हाइ कमाण्डले उनीहरुलाई निलम्बन मात्र हैन कारवाही गरेर निस्काशन नै गर्ने तयारी गरिरहेको छ। कैलालीको हरैयाबाट सुकुम्बासीलाई उठीवास लगाउने भूमाफियासँग पार्टी नीति विपरित रकम अुसलेको र साँठगााठ गरेको आरोपमा उनीहरुलाई कारवाही गरेको सर्कुलर तल्लो कमिटीहरुमा आइसकेको थाहा पाएपछि पत्रकारको फ्याक्सन इन्चार्ज रहेका अनिल शर्मा बिरहीले यो कुरा दुरासयपूर्ण, भ्रम र अफबाहा भएको बताउदै बिज्ञप्ति निकालेरै उनीहरुको बचाउ गर्न खोजेका छन्।

यो विषयमा नेकपा भित्र दुई खाले धार बिकास भएका छन्। एक पक्षले डुम्रेहरुको बचाउ गर्न खोजिरहेको छ भने अर्को पक्षले उनीहरु बदमास भएको भन्दै अब माफी मागेर, पैसा फिर्ता गरेर वा अरु कुनै पनि हिसाबले झुके पनि उनीहरुलाई जिम्मा नदिन र निस्काशन गर्नुपर्ने छलफल चलाइरहेको छ। डुम्रेहरुको पक्षमा पार्टीका केन्द्रिय सदस्य तथा प्रकाशन विभागका इन्चार्ज अनिल शर्मा बिरही, अर्का केन्द्रिय सदस्य चिरन पुन (मिलन), विद्यार्थीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललगायत केहि नेताहरु लागेका छन् भने पार्टीका अन्य सबै केन्द्रिय सदस्य र देशभरका जिल्ला इन्चार्ज सेक्रेटरीहरु पार्टी हेडक्वार्टरको सर्कुलरलाई आत्मसाथ गर्दै उनीहरुमाथि थप अनुसन्धान गरेर निस्काशन गर्नुपर्ने पक्षमा छन्।

डुम्रे, विष्ट र हमालले कैलाली हरैयाका सुकुम्वासीलाई लखेटेर उक्त स्थानमा व्यवसायिक भवन बनाउन लागि परेका भूमाफिया विमल बस्यालवाट पार्टी नीति विपरित रकम र स्कुटर लिएर अपचलन गरेका थिए। अहिले निलम्वन गरिएका पत्रकार संगठनका अध्यक्ष, महासचिवलाई पार्टीले जन पत्रकार संगठनको लेटरप्याट प्रयोगमा समेत रोक लगाएकोले उनीहरुले आफुहरुमाथि लागेका आरोपको खुला खण्डन गर्न नसकेर अनिल शर्माको साथ लिन पुगेका हुन्। साथै उनीहरुलाई सामाजिक संजालमा समेत आरोपबारे नबोल्न निर्देशन दिएको छ। त्यसैले उनीहरुले फेसबुकमा स्टाटस समेत लेख्न सकेका छैनन्।

यता ६ महिना अगाडी मात्रै फ्याक्सन इन्चार्जको जिम्मेवारीमा आएका विरहीको साथ लिएर डुम्रे ग्रुपले काठमाडौँका विभिन्न कम्पुटर व्यापारीसँग करीब ५० वटा ल्यापटप लिएको समेत खुल्न आएको एक केन्द्रिय नेताले हिमालीसंचारसँग बताएका छन्। ति नेताले भने- “डुम्रे लगायतले विरहीलाई आफनो प्रभावमा पारेर अनेक काम गरिरहेको आरोप छ। पत्रकार संगठनमा देखिएको विवादक कारण पार्टीभित्र शीर्ष नेतृत्वमै विवाद पैदा हुने खतरा भइसकेको छ।”

खासगरी आर्थिक अभियानमा बढी जोडिएका नेताहरु अहिले डुम्रेसँग निकट छन्। पार्टी निर्णयका विरुद्धमा विरहीले वक्तब्य दिएर डुम्रेको बचाउ गरेपछि विप्लवको पार्टीभित्र अहिले नयाँ बहस सिर्जना भएको छ। यस अघि डुम्रेहरुले भूमाफियासँग रकम र स्कुटर लिएको र त्यसपछि उनीहरुलाई निलम्बन गरिएको २ वटा समाचार सबै भन्दा पहिला हिमालीसंचारले ब्रेक गरिसकेको थियो।

यो पनि पढ्नुहोस्।

समाचार प्रभाव: विप्लवले गरे पत्रकार डुम्रे र बिष्टलाई कारवाही, कान्तिपुरका मालिकसँग मिलेको अर्को खुलासा

विप्लवका पत्रकार डुम्रेले भूमाफियासँग पैसा र स्कुटर लिएपछि पार्टीमा बबाल, कारवाही गर्न समिति गठन

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...