News Portal

तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

६७७ पटक

ध्रुव तुलाधर/जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् ।

१८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा वीरबहादुरले अफगानी प्रतिद्वन्द्वीलाई २४–१३ अंक अन्तरले हराउँदै अन्तिम् १६ को स्थान सुरक्षित गरेका हुन्। १२ औं दक्षिण एसियाली खेलकुदमा उनी अहमदसँग पराजित हुँदै वीरबहादुरले स्वर्ण गुमाएका थिए। सागको बदला लिने क्रममा आक्रामक सुरुआत गरेका वीरबहादुरले पहिलो राउन्डमै १३–४ को अग्रता बनाएका थिए। त्यसमा तीन हेड किकको ९ अंक सामेल थियो। अन्तिम राउन्डमा दुवैले ८–८ अंक बटुलेका थिए। दुवैले २–२ हेड किक प्रहार गरे।

वीरबहादुरले अब काजकिस्तानका काजिबेव बख्तयारुलीसँग खेल्ने छन्। काजकिस्तानका खेलाडी बाइ पाएर अन्तिम १६ मा पुगेका हुन्। खेल आजै हुनेछ।

पौडीतर्फ ओलम्पियन गौरिका सिंह र शुभम श्रेष्ठ राष्ट्रिय कीर्तिमान बनाउन असफल भए। महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी गौरिकाले २ मिनेट १२ दशमबल ५३ सेकेन्डमा दूरी पार गरे। उनले आफ्नो नामको कीर्तिमान सुधार्न सकिनन्। जीबीके एक्वाटिक पौडी सेन्टरमा बुधबार बिहान गौरिकाले हिट १ मा प्रतिस्पर्धा गरेका थिए। यस इभेन्टमा उनकै नाममा २ मिनेट ११.९४ सेकेन्डको र्कीर्तिमान छ।

२४ प्रतिस्पर्धी रहेको यस इभेन्टमा गौरिकाले १९ औं हाँसिल गरिन्। उनले मकाउ, पाकिस्तान, मंगोलिया र टिमोर लिस्टेका खेलाडीलाई पछाडि छाडेका थिए। पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा शुभम् श्रेष्ठले एसियाडमा १ मिनेट ११.३५ सेकेन्डमा दूरी पार गरेका थिए। उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्न थोरैले चुके। हंगेरीको बुढापेस्टमा सन् २०१७ को वल्र्ड फिना च्याम्पियनसिपमा १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान राखेका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...