News Portal

तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

६०७ पटक

ध्रुव तुलाधर/जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् ।

१८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा वीरबहादुरले अफगानी प्रतिद्वन्द्वीलाई २४–१३ अंक अन्तरले हराउँदै अन्तिम् १६ को स्थान सुरक्षित गरेका हुन्। १२ औं दक्षिण एसियाली खेलकुदमा उनी अहमदसँग पराजित हुँदै वीरबहादुरले स्वर्ण गुमाएका थिए। सागको बदला लिने क्रममा आक्रामक सुरुआत गरेका वीरबहादुरले पहिलो राउन्डमै १३–४ को अग्रता बनाएका थिए। त्यसमा तीन हेड किकको ९ अंक सामेल थियो। अन्तिम राउन्डमा दुवैले ८–८ अंक बटुलेका थिए। दुवैले २–२ हेड किक प्रहार गरे।

वीरबहादुरले अब काजकिस्तानका काजिबेव बख्तयारुलीसँग खेल्ने छन्। काजकिस्तानका खेलाडी बाइ पाएर अन्तिम १६ मा पुगेका हुन्। खेल आजै हुनेछ।

पौडीतर्फ ओलम्पियन गौरिका सिंह र शुभम श्रेष्ठ राष्ट्रिय कीर्तिमान बनाउन असफल भए। महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी गौरिकाले २ मिनेट १२ दशमबल ५३ सेकेन्डमा दूरी पार गरे। उनले आफ्नो नामको कीर्तिमान सुधार्न सकिनन्। जीबीके एक्वाटिक पौडी सेन्टरमा बुधबार बिहान गौरिकाले हिट १ मा प्रतिस्पर्धा गरेका थिए। यस इभेन्टमा उनकै नाममा २ मिनेट ११.९४ सेकेन्डको र्कीर्तिमान छ।

२४ प्रतिस्पर्धी रहेको यस इभेन्टमा गौरिकाले १९ औं हाँसिल गरिन्। उनले मकाउ, पाकिस्तान, मंगोलिया र टिमोर लिस्टेका खेलाडीलाई पछाडि छाडेका थिए। पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा शुभम् श्रेष्ठले एसियाडमा १ मिनेट ११.३५ सेकेन्डमा दूरी पार गरेका थिए। उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्न थोरैले चुके। हंगेरीको बुढापेस्टमा सन् २०१७ को वल्र्ड फिना च्याम्पियनसिपमा १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...