News Portal

  • टोपी दिवसको महत्व !

    हिमाली संचार संवाददाता
    ६८५ पटक

    काठमाण्डौ १६, २०७६ पौष : जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष संगै अर्थात् जनवरी १ तारिखका दिन अन्तराष्ट्रीय नेपाली टोपी दिवस “हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारासहित नेपाली टोपी दिवस मनाउन सुरु गरेको हो। 

    राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अग्रेजी नयाँ बर्षको दिन टोपी दिवस मनाउने गरिएको छ। टोपी दिवसको अवसरमा जागरुक युवा अभियान नेपाल साथै अन्य संधसंस्थाहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरेर टोपी दिवस मनाउदै आएका छन्।

    राजधानी लगायतका स्थानमा बृहत कार्यक्रम हुदै आएको छ। पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाकको महत्व जानकारी गराउँदै त्यसको प्रयोग र सम्बर्धन गर्न दिवस सुरुवात गरिएको हो। टोपी दिवसलाई विभिन्न संघसंस्थाहरुले भव्यताका साथ मनाईरहँदा यसले औपचारिक मान्यता भने पाउन सकेको छैन्।

    आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आज ७ औ प्रभातफेरी कार्यक्रम गर्दैछ। कार्यक्रममा सबै उमेर समूहका कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।

    अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिएका हुन्।

    नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष अभियानलाई समेत सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाउने तयारी गरेको पनि उनले बताए। यस वर्षको नारा “भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार” रहेको छ।

    गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो। यो वर्ष पनि कार्यक्रमको सम्पूर्ण तयारी सकिएको जानकारी दिएका छन्। कार्यक्रमलाई सफल बनाउन आयोजकले सर्वसाधारण समक्ष हार्दिक अपील समेत गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...