News Portal

एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

४२९ पटक

काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा समस्याको समाधानका लागि निर्माण गरिएको एआई च्याटबट र कल सेन्टर प्रणालीको काम अन्तिम चरणमा पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा केही हप्ताभित्रै संयुक्त अरब इमिरेट्स (युएई)बाट पाइलट प्रोजेक्टको रूपमा उक्त सेवा सुरु गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीचको सहमतिमा ‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणालीलाई एकीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोली (टेक्निकल टिम) ले प्रणालीको नमुना ‘डेमो’ प्रस्तुत गरेको थियो।

मन्त्री भण्डारीसँगको छलफलमा यो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः अन्य देशहरूमा विस्तार गर्ने सहमति भएको एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले बताए।

‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणाली एकीकृत भएपछि दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ। डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा, परामर्शलगायत विभिन्न समस्याहरूको समाधान हुन सक्ने एनआरएनए अध्यक्ष श्रेष्ठले बताए।

साथै जनशक्ति अभावमा पनि काम गर्न सहज हुने बताउँदै त्यसका लागि लाग्ने लागत एनआरएनले व्यहोर्ने पनि जनाइएको छ।

सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे। प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...