News Portal

  • ओली–प्रचण्डले स्टालिनको बाटो समाते : बाबुराम भट्टराईको गम्भीर आरोप

    १८४ पटक

    काठमाडौं, साउन १६ – देशका दुई ठूला कम्युनिस्ट दलका नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले ओली र प्रचण्डले आफ्ना आलोचक तथा असहमति राख्ने नेताहरूलाई ‘स्टालिनकै शैली’मा पालैपालो राजनीतिक र सांगठानिक रूपमा सफाया गर्दै आएको टिप्पणी गरेका छन्।

    उनको भनाइमा, “नेपालका कम्युनिस्ट मठाधीशहरूले आजभोलि भौतिक रूपमा होइन, तर संगठनिक ढंगले आफ्ना विरोधीहरूलाई हटाउने स्टालिन शैली अँगालेका छन्, जुन नेपालको राजनीतिक इतिहासको दुर्भाग्य हो।”

    भट्टराईले स्पष्ट रूपमा औंल्याएका छन्– पार्टीभित्र प्रमुख नेताहरूको आलोचना गर्नेलाई आरोपको भारी बोकी बिदा गर्ने प्रवृत्ति दुवै पार्टीमा गहिरिँदै गएको छ। यस्तो परिपाटीले दलहरूभित्र आलोचनाको ठाउँ साँघुरिँदै गएको र लोकतान्त्रिक संस्कारमाथि गम्भीर प्रहार भएको उनी बताउँछन्।

    ‘ताली पिट्नेहरू पछि आँसु झार्ने दिन आउँछ’

    भट्टराईले यस्ता प्रवृत्तिको आलोचना मात्रै गरेनन्, चेतावनी पनि दिए– “पार्टी सुप्रिमोले कुनै एक कमरेडलाई हटाउँदा ताली पिट्नेहरू, भोलि आफ्नै पालो आउँदा भने एक्लै आँसु झार्ने छन्। समयले सबैको हिसाब गर्छ।”

    उनले पार्टीभित्र अझै पनि एकनायकी, नोकरशाही केन्द्रीकृत सोच हाबी रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनभित्र आलोचनात्मक सोचको खडेरी आएको चिन्ता व्यक्त गरे।

    नयाँ बाटोको खोजी गर्न आह्वान

    “अब समय आएको छ– इतिहासबाट पाठ सिकेर, समाजवाद निर्माण र मानवजातिको समग्र उन्नयनको वैकल्पिक बाटो खोज्न र निर्माण गर्न। पुरानो ढर्राको राजनीति फेरि दोहोरिनु हुँदैन,” भट्टराईको स्पष्ट सन्देश छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...