News Portal

तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

४२० पटक

काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिने निर्णय गरेको हो ।

कोषले सार्वजनिक गरेको व्यवस्थाअनुसार भक्तजनलाई फरक–फरक मार्ग हुँदै मन्दिर प्रवेश र निर्गमन गर्न सकिनेछ । गौरीघाटतर्फबाट आउने भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ । त्यस्तै, मित्रपार्क र जयवागेश्वरीतर्फबाट आउने भक्तजनले फलामे पुल नजिकको सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिन सक्नेछन् ।

पिंगलास्थान मार्गतर्फबाट आउने भक्तजनले दक्षिण ढोकाबाट प्रवेश गरी त्यही ढोकाबाट बाहिरिन सक्नेछन् भने तिलगङ्गा र राम मन्दिरतर्फबाट आउने भक्तजनले आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र निर्गमन गर्न सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । प्रत्येक प्रवेशमार्गमा जुत्ता–चप्पल राख्ने छुट्टाछुट्टै कक्षको पनि व्यवस्था गरिएको छ ।

भक्तजनका लागि दर्शनको समय बिहान ३ बजेदेखि सुरु हुनेछ । भीड व्यवस्थापनका साथै सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सादा पोशाकका सुरक्षाकर्मी समेत खटाइने कोषले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...