News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एनआरएनए कुेवतले २५ फेब्रुअरीमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

    हिमाली संचार संवाददाता
    ५०५ पटक

    कुवेत २९, २०१९ डिसेम्बर : हाला फेब्रुअरीमा कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा आयोजना हुने भएको छ।

    दुखी पिडितहरुको उद्दार संगै र सामाजिक कार्यसंगै एनआरएनए कुवेतले खेलकुदमा सकृयता देखाएको छ। गत २७ डिसेम्बरका दिन जिलिबस्थित दि नेपा फुडल्यान्ड नेपाली रेस्टुरेन्टमा अध्यक्ष सुजन केसिको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार उक्त प्रतियोगिता हुन लागेको एनआरएनएका युवा संयोजक नवराज पराजुलीले जानकारी दिएका छन। उनले इन्डोर खेल मैदान बुकिङ भैसकेको र आवस्यक तयारिमा एनआरएनए लागिसकेको जानकारी गराएका छन।

    प्रतियोगिताका प्रथम पुरस्कार १५१ केडि नगद, शिल्ड र प्रमाणपत्र, द्वितीय पुरस्कार १०१ केडि नगद शिल्ड र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५१ केडि नगद शिल्ड र प्रमाणपत्र रहेको छ। प्रतियोगितामा बेस्ट प्लेयर अभ दि टुर्नामेन्ट एक जनालाइ १५ केडि नगद र ट्रफी, बेस्ट टिम अभ दि टुर्नामेन्ट एउटा टिमलाइ २५ केडि नगद र ट्रफी समेत रहेको छ। उक्त प्रतियोगिताको प्रवेश शुल्क २१ केडि तोकिएको छ। उक्त प्रतियोगितामा भाग लिन स्पोर्ट्स जुत्ता र टिम जर्सी अनिवार्य गरिएको छ।

    कुवेतको भिआइपी एरियामा प्रतियोगिता हुने भएकोले उच्च सुरक्षाको रणनीति अपनाइएकोले प्रतियोगी सबै खेलाडिहरुले नाम दर्तासंगै सिभिल आइडिको कपि अनिवार्य बुझाउनुपर्नेछ।

    टिम दर्ता गर्ने समय, मिति र खेलको आचार संहितु अर्को समाचारद्वारा सु सुचित गर्ने बताउँदै इच्छुक खेलाडिहरुलाइ तयारी रहनका लागि गौरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष सुजन केसिले अनुरोध गरेका छन।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...