News Portal

विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

२५७ पटक

काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको छ। अब अध्यागमन (इमिग्रेशन) जाँच पार गर्न यात्रुहरूले कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार अन्तिम समयमा यात्रुको चाप बढ्दा कागजात परीक्षणमा कठिनाइ हुने समस्या दोहोरिएकाले यस्तो कदम चालिएको हो। विशेषगरी राति खाडी मुलुक जाने यात्रुहरूको भीडका कारण अध्यागमन डेस्कमै अव्यवस्था सिर्जना हुने भएकाले समयमै पुग्न निर्देशन दिइएको विभागले जनाएको छ।

यसअघि विभागले विमानस्थलमा खटिने एयरलाइन्स कम्पनी र सरोकारवाला निकायहरूसँग छलफल गरी यात्रु व्यवस्थापनलाई सहज बनाउने निर्णय गरेको थियो। त्यस्तै, रातिको चाप न्यून गर्न नागरिक उड्डयन प्राधिकरणलाई उडान तालिका आवश्यकताअनुसार लचिलो बनाउन समेत आग्रह गरिएको छ।

यता, अध्यागमनमा दलाल र कर्मचारीको मिलेमतोमा नेपाली युवालाई भिजिट भिसामा असुली गरेर पठाउने गतिविधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस प्रकरणपछि तत्कालीन विमानस्थल प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि सरकारका तर्फबाट नयाँ नेतृत्वलाई जिम्मेवारी दिइएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...