News Portal

  • अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाँदै

    हिमाली संचार संवाददाता
    ५५४ पटक

    ४ भदौ, काठमाडौं – सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन् ।

    सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर बिदाइ गरेका हुन् ।

    त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अगि्रम शुभकामना दिए ।
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनोट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए ।

    टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् ।

    त्यसैगरी सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन । श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ ।

    मलेसियामा भदौ १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एशिया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...