काठमाडौं १६, २०७६ मंसिर : दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।
भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन्।
काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपियाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपियाँ पुगेको छ। एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
