News Portal

  • माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले २० डिसेम्बरमा आठौ महाधिवेशन तथा वार्षिकोत्सब मनाउदै

    हिमाली संचार संवाददाता
    ६८६ पटक

    कुवेत ३०, २०१९ नोभेम्बर : लामो समय देखी कुवेतको नेपाली समाजमा क्रियाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ।

    शुक्रबार २९ नोवेम्बरका दिन कुबेतको फर्वानियास्थित पार्कमा ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा बसेको क्लबको २२५ औं मासिक बैठकले सो बिषयमा छलफल गर्दै आगामी डिसेम्बर महिनाको २० तारिख शुक्रबारको दिन गर्ने तय गरेको हो।

    कुवेतमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

    क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ। क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ।

    उक्त अधिबेशन तथा वार्षिकोत्सबलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

           तपशिल:

    मिति : २० डिसेम्बर २०१९ शुक्रबार
    समय : बिहान ११ बजे
    स्थान : युनिक अडिटोरियम हल फर्वानिया
    कार्यक्रम : आठौ अधिबेशन तथा वार्षिकोत्सब
    आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...

    रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

    काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो...

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको...