News Portal

महिला भलिबल टोलीलाई ऐतिहासिक उपाधि

हिमाली संचार संवाददाता
५५१ पटक

काठमाडौँ २९, २०७६ कार्तिक : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ। नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ।

बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा बिहिवार सम्पन्न फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटमा हराउँदै उपाधि हात पारेको हो।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो सेट २५–१३ अङ्कले जितेको थियो। त्यस्तै दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–८ अङ्कले जित्दै उपाधि चुमेको हो।

महिला भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो।

यसअघि नेपाली भलिबलले जितेको ठूलो अन्तर्राष्ट्रिय पदक रजत थियो। महिला भलिबल टोली सन् २०१४ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भएको थियो।

नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो। रासस

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...