News Portal

महिला भलिबल टोलीलाई ऐतिहासिक उपाधि

हिमाली संचार संवाददाता
५९१ पटक

काठमाडौँ २९, २०७६ कार्तिक : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ। नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ।

बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा बिहिवार सम्पन्न फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटमा हराउँदै उपाधि हात पारेको हो।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो सेट २५–१३ अङ्कले जितेको थियो। त्यस्तै दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–८ अङ्कले जित्दै उपाधि चुमेको हो।

महिला भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो।

यसअघि नेपाली भलिबलले जितेको ठूलो अन्तर्राष्ट्रिय पदक रजत थियो। महिला भलिबल टोली सन् २०१४ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भएको थियो।

नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो। रासस

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...