News Portal

स्वास्थलाई काँसको थालमा खाना खाँदा फाइदा

हिमाली संचार संवाददाता
६३९ पटक

काठमाडौं १९, २०७६ कार्तिक : खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ। खाना कसरी खान्छौं त्यसले पनि हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ। त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ। पछिल्लो समय प्लास्टिक हाम्रो जीवनको एउटा अंग बनिसकेको छ।

प्लास्टिकले हाम्रो जीवनमा गम्भीर किसिमका रोगहरु पनि निम्त्याउँदै छ। जस्तै, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरु हामीले प्लास्टिककै कारण निम्त्याउने गरेका छौं। यस्तो समस्याको बारेमा जनचेतना जगाउँदै गर्दा पनि यसको प्रयोग भने बढिरहेको छ।

धातुको भाँडावर्तन लाभदायक !

धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन्। यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ। त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएको छन्।

यो धातुहरु मध्येको विशिष्ठ किसिमको धातु हो। काँसमा कपरको मात्रा ७८% र टिनको मात्रा २२% हुन्छ। यी दुई धातुलाई ७०० सेन्टिग्रेटसम्म तताएर शुद्ध चरेस बनाउन सकिन्छ। यो आफैंमा नरम किसिमको धातु हो। यसको नरमपनाको कारणले नै यसलाई विभिन्न किसिमका हस्तकलाहरुमा पनि प्रयोग गर्ने गरिन्छ।

यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ। यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ। कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ।

यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन। यस्ता खाना पकाउनको लागि त्यही भएर पनि यी भाँडाहरु सिफारिस गर्ने गरिँदैन तर, काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्यपदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन। त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ।

काँसका भाँडाका फाइदाहरु

आयुर्वेद प्रकाश नामक ग्रन्थका अनुसार काँसको भाँडामा खाना पकाउँदा या खाँदा निम्न फाइदाहरु हुन्छन्:

शुद्ध हुने

कुनैपनि मानिसलाई स्वस्थ राख्नको लागि उनीहरुले खाने भाँडा र पकाउने भाँडा कस्तो छ ? त्यसको पनि असर हुन्छ। यसले पौष्टिकतामा मात्रै नभएर स्वादमा पनि प्रभाव पार्ने गर्दछ।

मानिसको शारीरिक स्वस्थको आधार खानाको पाचन प्रणालीसँग जोडिएको हुन्छ। खानाको पाचन प्रणाली सहज र सरल बन्नु नै स्वास्थ्यको पहिलो आधार हो।

काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ। त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ।

यो हाम्रो शरीरको लागि असाधारण स्वास्थ्यबर्द्धक सम्पत्ति पनि हो। आयुर्वेदिक भौतिक शास्त्रीहरुले समेत काँसमा खाना खानुलाई एक किसिमको चिकित्सा विधिको रुपमा चर्चा गरेका छन्। यसले शरीरमा प्रवेश गर्ने सम्भावना रहेका जीवाणुहरुलाई मारेर खानालाई हाइजनिक बनाइराख्न मद्दत गर्छ।

संस्कृत वाक्यांशमा ‘कांस्यांम् बुद्धिबर्धकम्’भनिएको छ। जसको अर्थ कांस्य धातुमा खाना खाने वा पकाउनु बुद्धिकर्धक हुने गर्दछ भन्ने हुन्छ। यस्तो शुद्ध धातुमा खाना खानुले रोग प्रतिरोधात्मक क्षमताको समेत विकास हुने सो शास्त्रमा उल्लेख छ।

कसरी हुन्छ यसको काम ?

यसलाई राम्रोसँग प्रयोग गर्न सकेको खण्डमा यो स्वास्थ्यको लागि एकदमै स्वास्थ्यबर्द्धक हुने गर्छ। यसलाई कसरी प्रयोग गर्ने ? भन्ने सम्बन्धमा ३ वटा विषयहरु आउने गरेका छन्।

१) कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्न सकिन्छ। त्यसले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ।

२) यस्तो पानी बासी हुने गरी राख्नु हुँदैन। यसरी समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ।

३) यसलाई दिमागी शक्तिवर्द्धक औषधि पनि मान्ने गरिन्छ।

४) यसकाका भाँडाहरूबाट पिउने र खानपान गर्नु थाइराइड ग्रन्थीका लागि उत्तम मानिन्छ।

५) काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ। यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...