News Portal

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

२६२ पटक

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।

जेन जेडका युवाहरूले सामाजिक सञ्जाल पूर्णरूपमा खुलाउन, वरिष्ठ नेताले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउन, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्ने माग राखेर आन्दोलनको आयोजना गरेका हुन्। प्रसाईंले फेसबुकमार्फत आफू पनि सहभागी हुने घोषणा गरेका थिए।

तर, आज तीनकुनेमा बसेको बैठकले उनलाई आन्दोलनमा सहभागी नहुने निर्णय गरेको हो। आदित्य मिश्रले भने, “उहाँ क्लिन व्यक्ति होइन, अदालतमा मुद्दा चलिरहेको छ। हाम्रो आन्दोलनमा कसैलाई निषेध छैन, तर उहाँ आउनुभयो भने ब्यानर देखाइनेछ।”

भोलि बिहान ९ बजेदेखि थापाथलीस्थित माइतीघर मण्डलामा जेन जेडले आन्दोलन गर्दैछन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...