News Portal

बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

२२८ पटक

विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले ललितपुरमा भएको बालिका ठक्कर घटनामा आफू गैरजिम्मेवार नभएको दाबी गरेका छन्।

शनिबार बिहान हरिसिद्धि क्षेत्रमा मन्त्री सवार गाडीले जेब्रा क्रसिङ नजिक बाटो काट्दै गरेकी एक बालिकालाई ठक्कर दिएको थियो। गाडी नरोकी अघि बढेपछि आलोचना भएको थियो।

तर, मन्त्री रानाका अनुसार अपरिचित स्थान भएकाले भिडले गाडीमा तोडफोड गर्न सक्ने डरले गाडी रोकिन सकेन। उनले तुरुन्तै प्रहरीलाई खबर गरेको र घाइते बालिकाको उपचारमा सहयोग गरेको बताए।

उनका अनुसार चालकले तुरुन्त ब्रेक लगाएकोले ठुलो दुर्घटना हुन पाएन। बालिकालाई बी एण्ड बी अस्पतालमा दुई घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ।

“यो सानो दुर्घटना हो, ठुलो घटना होइन,” मन्त्री रानाले भने। बालिकालाई आफैं लैजाँदा गलत बुझिने सम्भावना भएकाले प्रशासनमार्फत उपचार गराउन उचित ठानेको उनले बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...