News Portal

कुवेतमा बक्सिङ्ग प्रतियोगितामा नेपालले भोलि उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै

हिमाली संचार संवाददाता
६६० पटक

कुवेत, ४ अगस्ट : एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघद्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४ बजे उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै छन।

नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो। भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ। कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ। गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिखसम्म हुनेछ।

युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलोपटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो। उक्त च्याम्पियनसिपमा ३० देशका खेलाडीहरुको उपस्थिति रहेको छ।

कुवेतमा कृयाशिल सघंसस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिका लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले आग्रह गरेका छन।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...