News Portal

  • विश्वकप क्रिकेटमा भारत र वेष्ट इन्डिजलबीच प्रतिस्पर्धा

    हिमाली संचार संवाददाता
    ४८९ पटक

    विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन्। भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।

    यता, भारत भने स्पष्ट जितको खोजीमा हुनेछ । पाँच खेलमध्ये चार खेलमा जित र एक खेल वर्षाको कारण अंक बाँड्दै भारतले ९ अंक बनाएको छ । वेष्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्नुपर्ने हुन्छ ।

    वेष्ट इन्डिजले ६ खेलबाट एक खेलमा जित, चार खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक छ । विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अंक गतिणमै मात्र सीमित रहे पनि चमत्कारी प्रदर्शन गर्दै जित हात पारेमा र अन्य टिमको नतिजाले वेष्ट इन्डिजलाई साथ दिएमा उसको सेमिफाइनलको ढोका खुल्ने सम्भवना छ । तर एकदमै न्यून ।

    तुलनात्मक रुपमा भारत वेष्ट इन्डिजभन्दा हरेक कुरामा बलियो देखिएको छ । वेष्ट इन्डिज टिममा स्टार खेलाडी भए पनि चल्न सकिरहेको छैन ।

    ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

    विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...