News Portal

विश्वकप क्रिकेटमा भारत र वेष्ट इन्डिजलबीच प्रतिस्पर्धा

हिमाली संचार संवाददाता
५५० पटक

विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन्। भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।

यता, भारत भने स्पष्ट जितको खोजीमा हुनेछ । पाँच खेलमध्ये चार खेलमा जित र एक खेल वर्षाको कारण अंक बाँड्दै भारतले ९ अंक बनाएको छ । वेष्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्नुपर्ने हुन्छ ।

वेष्ट इन्डिजले ६ खेलबाट एक खेलमा जित, चार खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक छ । विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अंक गतिणमै मात्र सीमित रहे पनि चमत्कारी प्रदर्शन गर्दै जित हात पारेमा र अन्य टिमको नतिजाले वेष्ट इन्डिजलाई साथ दिएमा उसको सेमिफाइनलको ढोका खुल्ने सम्भवना छ । तर एकदमै न्यून ।

तुलनात्मक रुपमा भारत वेष्ट इन्डिजभन्दा हरेक कुरामा बलियो देखिएको छ । वेष्ट इन्डिज टिममा स्टार खेलाडी भए पनि चल्न सकिरहेको छैन ।

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...