News Portal

नेपाली पत्रकारले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने

हिमाली संचार संवाददाता
५९७ पटक

ट्युनिस : अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको ३० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट मोरक्कोका पत्रकार युनेश एम जाहेद निर्वाचित भएका हुन् । अफ्रिदी महादेशमै पहिलो पटक भएको यो महासभामा जाहेदले आफ्ना क्यानेडियन प्रतिस्पर्धी मार्टिन ए हालोनलाई ८८ मतको अन्तरले पराजित गरे ।

३ सय १५ मध्ये उनले दुई सय मत ल्याएका हुन् । नेपालबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य तथा नेपाल प्रेस युनियनबाट अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी उक्त महासभामा सहभागी भएका छन् ।

महासभाबाट वरिष्ठ उपाध्यक्षमा पेरुकी जुलियाना लाइनेज विजयी भएकी छिन् । उपाध्यक्षद्धयमा भारतीय सबिना इन्द्रजित र रुसी टिमुर शफिर विजयी भएका छन् । बेलायती जिम बौमेल्हा कोषाध्यक्ष भएका छन् ।

जितपछि अध्यक्ष जाहेदले सबै पक्षलाई मिलाएर संस्थाको हकहितका लागि लडिरहने प्रतिवद्धता जनाएका छन् । कार्यसमिति सदस्यहरुको नतिजा भने शुक्रबार सार्वजनिक हुने युनियनका महासचिव शिवाकोटीले जनाएका छन् ।

नेपाली टोलीले नेपालबारे अवगत गराउँदै !

यसैबीच नेपाली टोलीले नेपालमा भइरहेका विभिन्न पत्रकारिताका कुण्ठित कार्यहरुबारे शुक्रबार नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई भेटेर जानकारी गराउने भएको छ ।

पछिल्लो समय नेपाल सरकारले मिडिया काउन्सिल विधेयकमार्फत नेपाली प्रेस जगतलाई नियन्त्रण गर्ने नीति बनाएपछि पत्रकार महासंघ, प्रेस युनियन लगायत आन्दोलनमा छन् । त्यसैगरी मिडिया मिसन बोलाउन आग्रह गरिने समेत शिवाकोटीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...