News Portal

बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

२४३ पटक

काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित जैश–ए–मोहम्मद समूहका तीन जना सदस्य भारत प्रवेश गरेको आशंका प्रहरीले गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नामका तीन जना पाकिस्तानी नागरिक नेपाल–भारत सीमाबाट बिहार प्रवेश गरेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको हो।

तर उनीहरू कुन नाकाबाट र कहिले भारत प्रवेश गरे भन्नेबारे भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। प्रहरी मुख्यालयले उनीहरूको परिचय र तस्बिर सबै युनिटमा पठाई निगरानी बढाउन निर्देशन दिएको छ।

विशेषगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीलाई अलर्टमा राखिएको छ। साथै, स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।

यसअघि पनि सन् २०२४ मा नेपालमार्ग हुँदै भारत प्रवेश गरेका तीन जना आतंकवादीलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...