News Portal

अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

३०५ पटक

वासिङ्टन डीसी, भदौ ३ – अमेरिकी विदेश मन्त्रालयले करिब ६ हजार विदेशी विद्यार्थीको भिसा खारेज गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन, भिसाको तोकिएको अवधि सकिएपछि पनि बसाइ लम्ब्याउने, आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादलाई समर्थन गर्ने गतिविधि मुख्य कारण बनेका छन्।

मन्त्रालयले दिएको विवरणअनुसार खारेज गरिएका भिसामध्ये करिब चार हजार विद्यार्थी कानुन उल्लङ्घनसँग सम्बन्धित थिए। कुटपिट, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, लुटपाटजस्ता घटनामा संलग्न भएको पाइएकाे जनाएको छ। त्यस्तै २०० देखि ३०० विद्यार्थीको भिसा भने आतंकवादी गतिविधिसँग जोडिएको कारण खारेज गरिएको बताइएको छ।

ट्रम्प प्रशासनको पालादेखि नै गैरकानुनी आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कडाइ गरिएको थियो। मन्त्रालयले “आतंकवादलाई समर्थन” भन्ने आरोपका बारेमा विस्तृत प्रष्ट्याएको छैन। तर, प्यालेस्टाइन समर्थनमा भएको केही प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई विशेष रूपमा लक्षित गरिएको बुझिन्छ।

यसअघि यो वर्षको सुरुमा विदेशी विद्यार्थीको भिसा अपोइन्टमेन्ट शेड्युल नै स्थगित गरिएको थियो। पछि जुन महिनामा पुनः प्रक्रिया खुले पनि आवेदन दिनेहरूले आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने शर्त राखिएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...