News Portal

प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

३६३ पटक

काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा प्रधानमन्त्री ओलीले विपिनको जीवन र सुरक्षालाई सरकारको पहिलो प्राथमिकतामा राखी आवश्यक सबै कूटनीतिक च्यानल सक्रिय पारिएको उल्लेख गरेका छन्।

उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरू निरन्तर संवादमा छन् भने इजरायलस्थित नेपाली दूतावासको पहलमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग प्रत्यक्ष भेट गरी रिहाइका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फागुन २८ गते फोनमार्फत कुरा गर्दै विपिनसहित मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे चासो प्रकट गरिसकेको जानकारी गराए।

विपिनको परिवारलाई ढाडस दिँदै प्रधानमन्त्री ओलीले सरकार सदैव उनीहरूको साथमा रहेको बताए। साथै, इजरायलमा विपिनको सुरक्षाका लागि सक्रिय भूमिका निर्वाह गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति कृतज्ञता प्रकट गरे।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...