News Portal

दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने

३३९ पटक

काठमाडौं, भदौ १५ – आउँदो विजया दशमीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ (सुकिला) नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूबाट पनि नोट सटही सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै, क, ख र ग वर्गमा परेका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत कारोबारको समयमा संघ–संस्था तथा सर्वसाधारणले सहज रूपमा नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस वर्ष घटस्थापना असोज ६ गते, फूलपाती असोज १३ गते र मुख्य दिन विजयादशमी असोज १६ गते पर्न गएको छ । परम्परागत रूपमा दसैँ पर्व घटस्थापनादेखि औपचारिक रूपमा सुरु हुन्छ ।

 

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...