News Portal

  • प्रथम चिवा कपको उपाधि ब्लु–रेको पोल्टामा

    हिमाली संचार संवाददाता
    ५१४ पटक

    जापान : नमस्ते चिवा जापानले आयोजना गरेको प्रथम चिवा कप फुटसलको उपाधि ब्लु–रे एफसीले आफ्नो पोल्टामा पारेको छ । आइतबार जापानस्थित चिबा केन फुनाबासीको क्लब भिभिटमा भएको खेलमा ब्लु–रे एफसीले नर्थन (केटीएम)लाई जितेको हो ।

    निक्कै नै रोमान्चकपूर्ण फाइनल खेलमा नर्थन (केटीएम)ले धेरै राम्रा अवसरहरु प्राप्त गरेका थिए । तर, सही तरिकाले सदुपयोग गर्न नसक्दा नर्थनले दोस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो। विजेता टिमले २०२२२२ येन र उपविजेताले १०११११ येन प्राप्त गरेका थिए ।

    यस्तैगरी बेस्ट गोेलकिपर, बेस्ट डिफेन्स, हाइस्कोरर, बेस्ट प्लेयरले पनि ५००० येन र नेपाली कथानक चलचित्र पुरानो बुलेटको टिकट पनि प्राप्त गरेका छन् । बेस्ट गोलकिपर र बेस्ट डिफेन्स नर्थनको खेलाडीले प्राप्त गरे भने बेस्ट प्लेयर र हाईस्कोरर ब्लू–रे का खेलाडीले प्राप्त गरे ।

    फाइनल खेलको प्रमुख अतिथि एनआरएन चिवाका उपाध्यक्ष विश्वराज सुवेदी, कोउतोकु कुयाकुस्योेका कार्यालय सहायक सिनोजाकी ओसामुको पनि उपस्थिति रहेको थियो । विजेता र उपविजेता टिमलाई अतिथिहरुले शिल्ड मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

    प्रतियोगितामा जम्मा १२ वटा टिमको सहभागिता रहेको खेलमा दुई चरण लिग खेल भएको थियो भने बाँकी नकाउट खेल भएको आयोजक नमस्ते चिवाको उपाध्यक्ष राजेश मैनालीले जानकारी दिनुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...

    समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

    काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको...