News Portal

क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशसँग हार्‍यो

हिमाली संचार संवाददाता
५३६ पटक

त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज बंगलादेशसँग पराजित भएको छ । सोमबार आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

बंगलादेशका लागि मुस्फिक्युर रहिमले ६३, सौम्या सरकारले ५४, मोहम्मद मिथुनले ४३ र मोहम्मुदु्ल्लाले अविजित ३० रन बनाए । वेष्ट इन्डिजका लागि अश्लेय नर्सले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि शाइ होपले ८७ र कप्तान जासन होल्डरले ६२ रन बनाएका थिए । बलिङतर्फ मुस्ताफिजुर रहमानले ४ र मश्राफे मोर्टजाले तीन विकेट लिए ।

जित हात पारेसँगै बंगलादेश त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशको ३ खेलबाट १० अंक रहेको छ । यता पराजित वेष्ट इन्डिजको भने चार खेलबाट ९ अंक हुदा पुछारमा रहेको आयरल्याडको तीन खेलबाट दुई अंक मात्रै छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...