News Portal

लिस्नु कपको उपाधि नवयुवाको पोल्टामा

हिमाली संचार संवाददाता
७४३ पटक

बुटवल – नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल रुपन्देहीले १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लिस्नुकपको १७ औं संस्करणमा नवयुवा उपविजेता बनेको थियो ।

पशुपति माविको मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साविक विजेता डिवाईसी सियारी-१ लाई २-१ गोल अन्तरले हराउँदै नवयुवाले उपाधि जित्यो । नवयुवाको जितका लागि ६० औं मिनेटमा तिर्थ बस्नेतले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तिर्थले विदेशी खेलाडी स्टेफनको प्रहार रिबाउन्स भएर फर्कंदा जाली चुमाएका थिए ।

यस्तै ६४ औं मिनेटमा रन्जित आलेले एक्लै बल अघि बढाएर टिमका लागि दोस्रो गोल गरेका थिए ।

डिवाईसीका तर्फबाट ७५ औं मिनेटमा राज पौडेलले डिएरियाबाट गोल फर्काएका थिए ।

लिस्नु युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको जितसँगै नवयुवाले तीन लाख रुपैयाँ, उपविजेता डिवाईसीले एक लाख ५० हजार र सेमिफाइनलमा पुगेका दुई टिम पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल र आयोजक लिस्नु युवा क्लबले २५/२५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...