News Portal

१७ औं बमजन कप फुटबलको उपाधी सरोकार समाज कुवेतको पोल्टामा, उपबिजेता GFC

हिमाली संचार संवाददाता
५४५ पटक

३१ मार्च, आइतबार : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १७औं संस्करणमा बिजेताको उपाधी नेपालकुबेत सरोकार समाजले चुमेको छ भने गोर्खाली फुटबल क्लव(GFC) उप-बिजेता बनेको छ ।

१२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता २२ मार्चमै सम्पन्न भएका थिए । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै पुर्बेली टाईगर, गोर्खाली फुटबल क्लव, युनिक नेपाल र सरोकार समाजले सेमीफाईनमा प्रवेश गरेका ।

सेमिफाईनलमा पुर्वेली टाईगरलाई गोर्खाली फुटबल क्लवले र युनिक नेपाललाई सरोकार समाजले पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन भने फाईनलमा सरोकार समाजले गोर्खाली फुटबल क्लवलाई पराजित गर्दै टुर्नामेण्ट बिजेताको उपाधी चुमेको थियो बह्ने गोर्खाली फुटबल क्लवले उप-बिजेताको उपाधी हासिल गरेको छ ।

गत बर्षका बिजेता टिम पुर्वेली टाईगरको यात्रा सेमिफाईनलबाट र उपबिजेता टिम किरात राई रायोक्खाको यात्रा पहिलो चरणबाटै समाप्त भएको थियो । स्कोर सबै पछी.. क्लवले प्रथम हुने नेपालकुबेत सरोकार समाजलाई २५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने द्दित्तीय हुने गोर्खाली फुटबल क्लवलाई १५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो ।

यसैगरी, सहभागी १२ टिमहरु मध्य अनुशासित टिमको उपाधी युनिक नेपालले, उत्कृष्ट खेलाडी हर्क मगर(गोर्खाली फुटबल क्लव) र हाई स्कोरर अमृत मेचे(पुर्बेली टाईगर) ले प्राप्त गरेका छन भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो।

क्लवले १७औं बमजन गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी लिई सहयोग गरेकोमा नेपालकुवेत सरोकार समाजलाई मायाको चिनोले स्पोन्सर अमान एक्सचेन्ज कुवेत र हिमाल रेमिटलाई मायाको चिनोले समान गरेको छ भने मिडिया लगायत अन्य सहयोगीहरुलाई कदर-पत्रले सम्मान गरेको थियो ।

क्लव अध्यक्ष ईन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न १७औं गोल्ड कप २०१९ को सञ्चालन क्लवका पुर्व उपाध्यक्ष ईन्द्र भुसालले गरेका थिए भने पुर्व अध्यक्ष जय आले मगर गोल्ड कप संयोजक रहेका छन । बिजेता र उपबिजेता टिमहरुलाई बमजन कपका संस्थापक राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, NRNA कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, समाजसेवी डिबी कार्की र क्लव अध्यक्ष ईन्द्र पोखरेलको हातबाट पुरस्कार वितरण गराईएको थियो ।

१७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप सञ्चालनको अवसरमा टुर्नामेण्टलाई थप आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो । जसमा टिम क्याप्टेनहरु एक टिममा राजेन्द्र तामाङ क्लवका बरिष्ट सल्लाहाकार र अर्को टिममा क्लव अध्यक्ष ईन्द्र पोखरेल रहेका थिए ।

जसमा राजेन्द्र तामाङको टिमले ईन्द्र पोखरेलको टिमलाई ५-३ गोलले पराजित गरेको थियो । १७औं बमजन गोल्ड कपलाई लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल अमान एक्सचेन्ज कुवेत र हिमाल रेमिटले प्रायोजन गरेका छन । राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि खाता खोल्न सकिने समेत सुबिधा दिएको छ ।

यसैगरी, नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई निम्न अनुसार सहयोग गर्नु भएको छ । जसमा: १) NRNA कुवेतकी अध्यक्ष – सुमित्रा पौडेल – २१ केडी २) मोरङ सुनसरी सेवा समाज कुवेत – २१ केडी ३) समाजसेबी – होमनाथ गिरी १५ केडी ४) एनआरएनए सदस्य – गीता गुरुङ – ११ केडी ५) एनआरएनए उपाध्यक्ष – अमृत गुरुङ – १० केडी ६) मगर सँघ कुवेत – ५१ केडी ७) समाजसेबी – सुजन केसी – २५ केडी ८) समाजसेवी – डिबी कार्की – २१ केडी

कार्यक्रमका अन्तम सभापति तथा क्लव अध्यक्ष ईन्द्र पोखरेलले १७ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपलाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...