News Portal

बंगलादेशविरुद्ध टेस्ट सिरज क्रीकेट न्यूजिल्यान्डले जित्यो

हिमाली संचार संवाददाता
४४४ पटक

बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्‍यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो ।

दोस्रो टेस्टको पहिलो दुई दिन वर्षाको कारण ‘वास आउट’ भएको थियो । त्यसका बाबजुद उत्कृष्ट बलिङको मद्दतले पाचौं दिनमा न्यूजिल्यान्डले जित निकाल्न सफल भयो । न्यूजिल्याडको जितको आधार टेलरको २०० रनको पारीले खडा गरेको थियो ।

पाचौं तथा अन्तिम दिन न्यूजिल्यान्डलाई जितका लागि सात विकेटको आवश्यकता थियो भने बंगलादेशलाई इनिङ हार टार्न १ सय ४१ रन चाहिएको थियो । तर बंगलादेशलाई अल आउट गर्न होम टिमलाई एउटै सेसन पर्याप्त भयो ।

न्यूजिल्यान्डका लेफ्ट आर्म बलर नील वाङ्गर र ट्रेन्ट बोल्टले बंगलादेशी ब्याट्सम्यानलाई धराशयी बनाएका थिए । वाङ्गरले १० ओभर बलिङ गर्दा ३७ रन खर्चेर ५ विकेट लिए । यसैगरी बोल्टले ३८ रन खर्चेर ३ विकेट आफ्नो पोल्टामा पारे । बंगलादेशका मोमदुल्लाहले सर्वाधिक ६७ रन बनाए पनि इनिङ हार टार्न सकेनन् ।

यसअघि पहिलो इनिङमा बंगलादेशले २ सय ११ रन जोडेको थियो, जसमा तमिम इकवालले सर्वाधिक ७४ रन बनाएका थिए । न्यूजिल्यान्डले ४ सय ३२ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । न्यूजिल्यान्डका निकोल्सले १०७ र विलियम्सनले ७४ रन बनाएर टेलरलाई साथ दिएका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...