News Portal

भारतीय आर्मी टोपीले विवादमा क्रिकेट खेल !

हिमाली संचार संवाददाता
५९९ पटक

भारतले खेलभावना विपरीत खेलमा राजनीति घुसाएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा उजुरी दिएको छ । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरले आर्मीले लगाउने क्याप लगाएर खेल्नु खेलको भावना विपरीत भएको र त्यसले क्रिकेटमा नकारात्मक असर पार्ने भन्दै पीसीबीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) विरुद्ध उजुरी दिएको हो ।

अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलअघि भारतीय स्थल सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल महेन्द्रसिंह धोनीले खेलाडीहरुलाई आर्मी क्याप दिएका थिए । जसलाई पुलवामा आक्रमणमा निधन भएका सैनिक जवानप्रतिको सम्मानका रुपमा बीसीसीआईले अथ्र्याएको थियो । त्यसबारे बीसीसीआईले आईसीसीलाई पूर्व जानकारी दिएर अनुमित लिएको बताइएको छ ।

उक्त घटनाले क्रिकेट जगतमा भारतको साख गिरेको भन्दै पीसीबीका अध्यक्ष एहसान मणिले भनेका छन्, ‘हामीले बलियो रुपमा उक्त कामलाई आईसीसीमा उठाएका छौं । भारत र पाकिस्तानको अवस्थाका बारेमा आईसीसीलाई राम्रोसँग जानकारी छ । हामी मान्छौँ खेललाई राजनीतिका लागि प्रयोग गर्नुहुँदैन, त्यही कुरा स्पष्ट रुपमा भनेका छौँ ।

भारतीय टिमका कप्तान विराट कोहलीले तेस्रो एकदिवसीयमा आर्मी क्याप लगाउनुको मतलब टसका बेला बताएका थिए । उनले सेनाको सम्मान र शहीद परिवारलाई केही सहयोग होस् भन्ने हेतुले आफूहरुले उक्त क्याप लगाएको बताएका थिए। हामीले पुलवामा आक्रमणमा शहीद भएका जवान र उनीहरुको परिवारको सम्मानमा यस्तो गरेका हौं ।

हामी सबै खेलाडीले यो खेलको ‘म्याच फी’मा आएको रकम पनि नेसनल डिफेन्स फण्डमा दिने छौँ । जसले शहीद परिवारको सन्तानको शिक्षादीक्षामा सहयोग पुग्ने आश गरेका छौं’ कोहलीले भनेका थिए। पीसीबीका अध्यक्ष एहसानले भने यस्तो कामको विरुद्ध आईसीसीले कडा कदम चाल्नुपर्ने बताएका छन् । उनले यसअघि पनि आईसीसीले यस्तै कदमका विरुद्ध कारबाही अपनाएको उदाहरण रहेको पनि बताए ।

इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले २०१४ मा भारतसँगको टेष्टका दौरान ‘सेभ गाजा’, ‘फ्री प्यालेस्टाइन’ लेखेको ब्याण्ड हातमा लगाउँदा उनलाई प्रतिबन्धमा पारिएको थियो । जसमा इंग्ल्याण्ड क्रिकेट बोर्डले मोइनले राजनीतिक कारणबाट नभई मानवतावादका लागि उक्त ब्याण्ड लगाएको भन्दै उनको बचाउ गरेको थियो । तर म्याच रेफ्री डेभिड बुनले मोइनले आईसीसीको ड्रेस र उपकरणसम्बन्धी नियम उल्लंघन गरेको बताएका थिए ।

यस्तै दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरलाई २०१७ मा श्रीलंकाविरुद्धको खेलमा खेलभावना विपरीत सेलिब्रेसन गरेको भन्दै आईसीसीले चेतावनी दिएको थियो । श्रीलंका विरुद्धको टी ट्वान्टीमा विकेट लिएपछि ताहिरले जर्सीभित्र रहेको पाकिस्तानी पप आइकन जुनेद जमसेदको फोटो भएको टिसर्ट देखाएका थिए । जुनेद धार्मिक प्रवचकसमेत रहेका जुनेदको प्लेन दुर्घटनामा निधन भएको थियो ।

यसैले पीसीबीका अध्यक्ष एहसानले उस्तै खाले घटनामा कारबाही गरेको उदाहरण रहेकाले बीसीसीआईलाई उम्काउन नहुने बताएका छन्। त्यसका लागि आफूहरुले १२ घण्टाको फरकमा आईसीसीमा दुई पत्र पठाइसकेको पनि उनले बताए ।

पुलवामा आक्रमणपछि बिग्रिएको भारत–पाकिस्तान सम्बन्ध खेलकुदमा पनि देखिइरहेको छ। बीसीसीआईले केही दिनअघि आउने क्रिकेट विश्वकपमा पाकिस्तानलाई प्रतिबन्ध लगाउनुपर्ने माग आईसीसीमा गरेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...