News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुवेतमा १७ औं बमजन कप फुटबल प्रतियोगिता हुदै

    हिमाली संचार संवाददाता
    ५४२ पटक

    जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ ।

    कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा २ शुक्रबार लगातार खेलाईने टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ ।

    कुवेतको खेलकुद मन्त्रालयबाट उक्त समयको लागि मात्र खेल मैदान स्विकृत भई आएकोले खेल सञ्चालनमा केही ढिला हुन गएको जानकारी सहित क्लवले आगामी १५ मार्च शुक्रबार, टिम दर्ता र टाईसिट महबुल्लाको फुटबल मैदानमा बिहानको ठिक १०.०० बजे गराउने जनाउँदै इच्छुक सबै नेपाली टिमका टिम म्यानेजर र टिम क्याप्टेनहरुलाई समयमै उपस्थित भई आफ्नो टिम दर्ता गराउन समेत अनुरोध गरेको छ ।

    आयोजक संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संस्थापक बरिष्ट सल्लाहाकार तथा एनआरएनए कुवेतका पुर्व अध्यक्ष राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजनको स्‍मृतिमा सन् २००० मा निर्माण गरेको यस गोल्ड कपले प्रबासको नेपाली समाजमा छुट्टै लोकप्रियता हाँसिल गरेको छ ।

    सुन र चाँदी जडान गरि निर्माण गरिएको यो कपको जगमा साधारण काठको बनावट, पिंधमा सुनाबि रङको बुट्टे डिजाइन, कम्मरमा चाँदीको आवरण र शिरमा ५ (पाँच) तोला बराबरको बिशुद्ध सुनको अण्डा आकारको ढिक्को, अनि दायाँ र बायाँ पट्टिको भाग सिल्भर रङ्ले पोतिएको समात्ने हेण्डल भएको अत्यन्तै सुन्दर एबं आकर्षक आकृति रहेको छ ।

    स्थापना कालमा एम.बि. बमजन मेमोरियल गोल्ड कपले नामांकित यस कपलाई संस्थापक राजेन्द्र तामाङ्ले १८ डिसेम्बर २००९ मा एक औपचारिक समारोह बीच कपको स्वामित्व पूर्ण रुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवमा निहित रहने गरि हस्तान्तरण गरेपश्चात यस कपको नाम माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा रुपान्तरण गरिएको क्लवले बताएको छ ।

    क्लवले यस गोल्ड कपको १७औं संस्करणदेखी सदा प्रदान गरिने नगदी पुरस्कारमा बृद्धी गर्दै बिजेता टिमलाई २०१ बाट २५१ के.डी र उपबिजेता टिमलाई १०१ बाट १५१ के.डी प्रदान गर्ने आफ्नो २१५औं मासिक बैठकबाट पारित गरेको छ भने अन्य पुरस्कार कप, मेडल र प्रमाण पत्र यथावत रहने छन ।

    यसैगरी, उत्कृष्ट खेलाडी, अनुशासित टिम, हाई स्कोरर र रेफ्रिहरुलाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गर्नेछ भने गोल्ड कपमा लगातार ३ चोटि बिजयी हाँसिल गरी ह्याट्रिक गर्ने टिमलाई क्लवले २५१ बाट बढाएर ३०१ के.डीले पुरस्कृत गर्ने छ ।

    गत बर्षको यस टुर्नामेण्टको १६औं संस्करण एक सौहार्दपूर्ण बातावरणमा पुर्बेली टाईगर टिमले उपाधी चुमेको थियो भने किरात राई यायोक्खा उप-बिजेता बनेको थियो ।

    सरदर बजेट २ हजार कुवेती दिनार आउने यस गोल्ड कप टुर्नामेण्टमा केही सहयोग स्वरुप कुवेतको एक प्रतिष्ठित एक्सचेन्ज कम्पनी अमान एक्सचेन्ज कुवेत र हिमालयन बैंक नेपालले प्रायोजन गर्ने भएका छन।

    यसैगरी, १७औं बमजन गोल्ड कपको पूर्ण सुरक्षा एवं मुख्य स्वयं सेवकको भूमिका नेपाली समाज कुवेतमा एक प्रतिष्ठित सामाजिक संस्था नेपाल कुवेत सरोकार समाजले निर्वाह गर्ने प्रतिबद्दता जनाएको छ ।

    आगामी २२ र २९ मार्चमा सञ्चालन हुने फुटबल टुर्नामेण्टको लागि कुवेतको स्थानिय कानुनलाई ध्यानमा राख्दै क्लवले निम्नानुसार नियमावली सार्वजनिक गरेको छ :

    १) १७ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले जिम्मा लगाईएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ । खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

    २) खेल अवधिमा कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेको खण्डमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरि अर्को एउटा खेल खेल्नबाट बञ्चित गरिने छ ।

    ३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो पासपोर्ट या सिभिल आईडीको फोटोकपी टिम दर्ताको दिनमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ । दर्ताको दिन नबुझाउने टिम म्यानेजर र खेलाडीले खेल सञ्चालन हुने दिन २२ मार्चमा अनिवार्य रुपमा बुझाउनु पर्ने र नबुझाउने कुनै पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ ।

    ४) प्रत्येक टिमबाट ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंवेसक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने या कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्ने छ ।

    ५) १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप फुटबल टुर्नामेण्ट सदा झैं नक्आउट चरणको आधारमा खेलाईने छ ।

    ६) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।

    ७) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन । खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।

    ८) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक वाध्य हुनेछ ।

    ९) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ । यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ ।

    १०) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्नेछ ।

    ११) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार र यातायात जस्ता आबश्यकतामूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।

    १२) खेलको समय अवधी पहीलो चरण ३० मिनेट, ५ मिनेट आराम र दोस्रो चरण पनि ३० मिनेट गरी ६० मिनेटको खेलाईने छ । यदी खेल बराबरी भएमा थप १० मिनेट खेलाई थप समयमा पनि बराबरी भएमा सिधै पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।

    १३) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाई कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ ।

    १४) १७औं बमजन कपको सञ्चालन अवधीभर खेल मैदान परिसरमा आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव स्वयंले सुपथ मुल्यमा क्यान्टिन सञ्चालन गर्ने छ । अन्य कुनै पनि कम्पनी, समुह या व्यक्तीलाई कुनै किसिमको क्यान्टिन सञ्चालन या खाध्य तथा पेय पदार्थ बेचबिखन गर्न सख्त मनाही गरिएको छ ।

    १५) कुनै पनि टिमले एक(१) या तीन(३) पटक माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपमा बिजयी हाँसिल गरेता पनि, बिजेता टिमले बिजयी हाँसिल गरेको मितिदेखी १५ दिन भित्रमा सहि-सलामत माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप आयोजकलाई वापस बुझाउनु पर्नेछ ।

    १६) १७औं बमजन गोल्ड कप टुर्नामेण्ट एक आधुनिक एवं आर्टिफिसियल तथा चारैदिशा सिसी टिभी क्यामेरा जडित मैदानमा आयोजना हुन गैरहेकोले कुनै पनि खेलाडी, व्यक्ती बिशेष, समुह तथा टिम सपोर्टरहरुलाई खेल मैदानभित्र धुम्रपान, मध्यपान नगर्न, असहज परिस्थिती उत्पन्न नगर्न, पानीका बोतल र कागजहरु नफाल्न कुवेतको खेलकुद मन्त्रालयले आदेश जारी गरेको छ भने ग्राउण्ड चौबिसै घण्टा खेलकुद मन्त्रालयको सिसी टिभी सर्भिलेन्समा रहने छ ।

    पुनश्च:
    खेल हुने मिति : २२ र २९ मार्च २०१९

    समय : बिहानको ठिक ०८ बजे

    खेल मैदान : सनैया फुटबल ग्राउण्ड सुकसवा, फाहाहिल स्पोर्टस क्लब, कुवेेत

    टाई सिट/टिम दर्ता : १५ मार्च २०१९, महबुल्ला फुटबल मैदान, बिहानको ठिक १०.०० बजे

    टिम दर्ता शुल्क : ६० कुवेती दिनार

    टिम दर्ता शुल्क अनिवार्य रुपमा दर्ता हुने दिनमै बुझाउनु पर्नेछ अन्यथा कुनै पनि परिस्थितीमा शुल्क नबुझाउने या बाँकी राख्ने टिमलाई टुर्नामेण्टमा समावेश गराईने छैन।

    पुरस्कारहरु:

    बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र २५१ के.डी. नगद

    उप-बिजेता टिम : ट्रफी, मेडल, प्रमाण-पत्र र १५१ के.डी. नगद

    उत्कृष्ट खेलाडी : ट्रफी र प्रमाण-पत्र

    अनुशासित टिम : ट्रफी र प्रमाण-पत्र

    हाई स्कोरर : ट्रफी र प्रमाण-पत्र

    रेफ्रिहरु : ट्रफी र प्रमाण-पत्र

    थप जानकारीको लागि:

    जय आले – ९९१०१४०८,
    मोहन राई – ९७३७२८५८,
    सुरेश गुरुङ – ९४०५८८१९,
    डम्बर रिमाल – ६६८०९६४२,
    ईन्द्र भुसाल – ६५७४८८६२,
    जगत मगर – ९९२८८३२०,
    शिव पौडेल – ६६२८१२५७,
    ईन्द्र पोखरेल – ९८०९५१२०,
    आनन्द श्रेष्ठ – ६७०१००६५ वा, क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...