News Portal

इन्डोनेसियन प्रशिक्षकले गरे फुटबलर रोहितको खोजी

हिमाली संचार संवाददाता
५२३ पटक

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएका छन् । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए । जकार्ताको मुख्य सदस्यको रुपमा रहँदै आएका रोहितले आफ्नो खेलको प्रभाव देखाएकैले उनलाई क्लबले फेरि पनि बोलाएको हो ।

‘हामीले रोहितसँगको सम्झौताबारे मौखिक सहमति गरिसकेका छौं । अब भोलि या पर्सी उनी आइपुग्नेवित्तिकै लिखित सहमति हुने छ’ पर्सिजाका सिइओ फेर्री पोउलुसले इन्डोनेसियन सञ्चारमाध्यमसँग भनेका छन् ।

अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलरसमेत हुन् ।
पर्सिजामा दर्शकहरुबाट विशेष प्रभावित रोहितले त्यहाँ आफ्नो क्षमता देखाइसकेकाले अब अन्य देशका क्लबमा आबद्ध हुने चाहना रहेको बताएका थिए । अस्ट्रेलिया, मलेसिया र थाइल्याण्डका केही क्लबमा कुराकानी गरिरहे पनि उनी पुनः जकार्ता नै पुग्ने भएका हुन् ।

विशेष त गएको सिजन लिग जित्दा जकार्ताका प्रशिक्षक रहेका स्टेफानो कुगुरा टेको रोहितबाट निकै प्रभावित भएका थिए । नयाँ सिजनका लागि उनी इन्डोनेसियन लिग वानकै क्लब बालि युनाइटेड गएपछि रोहित पनि उतै जानसक्ने खबर पनि आइरहेका थिए ।

अहिले पर्सिजामा प्रशिक्षक बनेका इभान कोलेभ पनि रोहितको आगमनलाई लिएर सकारात्मक छन् । सिइओ पोउलुसका अनुसार प्रशिक्षक कोलेभकै आग्रहमा रोहितसँग नयाँ सम्झौताका लागि कुराकानि गरिएको थियो । रोहितको स्थानमा हेरिएका उज्वेकिस्तानका ज्याखोनगिर अब्दुमुमिनोभले प्रभाव देखाउन नसक्दा मिडफिल्डमा राम्रो खेलाडीको खोजिमा प्रशिक्षक कोलेभ थिए ।

रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो । यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...