आमा खाना तयार भयो ? यसका बाउ छोरा कतिबेला नै घरको काम हेर्ने होइन सबै आफैले भ्याउनु छ । आमा फत्किएको देखेर बाबा छेउमा मुसुमुसु हास्दै हुनुहुन्थ्यो म भने मौन रहे आज जिल्लामा हुने साहित्यिक कार्यक्रमको एउटा भव्य समारोहमा एउटा राजनीति दल अनि एउटा साहित्यकर्मिको रुपमा आमन्त्रण गरिएको कार्यक्रममा जान निकै आतुर थिए बाबा मलाई जहिले पनि प्रेरणा दिइरहनु हुन्थ्यो घर भन्दा समाज मै बढी समय बिताउनुपर्छ समाजमा हुने जुनसुकै सकारात्मक कार्यको लागि आफ्नो सहभागिता जनाउनुपर्छ भन्ने बाबाको सोचले मलाई सदैब प्रेरणा दिइरहन्थ्यो । एकैछिनमा बाबाले आमालाई सहयोग गर्नुभयो खाना तयार भैहाल्यो म खाना खाएर काममा निक्लन हतारमा थिए बाबा इस्टकोटको गोजिबाट केही पैसा दिदै रात पर्यो भने नफर्कनु आज उतै बस्नु बेला परिस्थिति ठिक छैन । ओहो बाबाको यो अशिम प्यार मेरो लागि भगवानको बरदान भन्दा कम थिएन ।
कार्यक्रमको भब्य तयारी थियो म साहित्यकर्मी भन्दा पनि राजनीति कर्मीको रुपमा कार्यक्रममा उपस्थित थिए तर आयोजकले मलाई दुबै क्षेत्र समेटेर पत्राचार गरेको थियो जे जसरी निम्तो भए पनि त्यो अति सुन्दर समारोहमा उपस्थित हुन पाउँदा आफुले आफैलाइ गौरवान्वित महसुस गरेको थिए । उक्त रास्ट्रीय गजल प्रतियोगितामा देशै भरीबाट १०० जना प्रतिस्पर्धि उपस्थित हुनुहुन्थ्यो समन्वय चाहिँ जिल्ला साहित्यिक मन्चले गरेको थियो भने सहयोगी जिल्ला स्थित नगरपालिका पनि थियो । कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सबै भाग हेरे सबैको नामहरु टिपेर मेरो ब्याक्तिगत मुल्यांकन नम्बर पनि दिए तर यो मेरो नितान्त ब्यक्तिगत नै थियो यसैबीचमा एकजना साहित्यकर्मीको गजल अत्यन्तै मनपर्यो उहाँको नाम हाइलाइटमा राखे कार्यक्रमको अन्त्यमा भेटेर परिचय गर्ने रहर भयो । कार्यक्रमको भव्य समापन भयो उहाले पनि दोस्रो स्थान हासिल गर्न सफल हुनुभयो म अत्यन्तै खुशी भए । अनि उहाँलाई बधाई दिने उदेश्यले नजिक गए बधाई दिए र आफ्नो छोटो परिचय दिए उहाँले पनि आफ्नो छोटो परिचयको क्रममा आफ्नो नाम मन्जरी र घर तराई तिर रहेको बताइन ।
यो पनि पढनुहोस।
समाजमा आफुलाइ एक्लो पाउनु साहित्य हो भने सबैका माझ आफुलाइ पाउनु राजनीति हो म यी दुबैबाटोमा बिस्तारै पाइलाहरु बढाउदै थिए । साहित्यले समाजको यथास्थिति बताउछ भने राजनीतिले त्यसलाई नियाल्दै निराकरणको बाटो अपनाउछ त्यसैले मैले यी दुबै मेरो लागि अर्थपुर्ण ढंगबाट हेरीरहेको थिए । बिहानिको चिसो सिरेटोले मुटु नै छुने गरि आफ्नो पौरख देखाइरहेको थियो म भने बिहानै घरमा आएको दैनिक पत्रीका हेर्दै थिए हेर्दै गर्दा मन्जरीको राजनीति र बिचार ब्लगमा समसामयिक राजनीतिक परिदृश्यलाई निकै बिचारोत्जेकक ढंगबाट लेखिएको यथार्थ र मर्मस्पर्शी लेख रहेछ अन्त्यमा इमेल रहेछ त्यही इमेलमा मैले आफ्नो परिचय खुलाउदै लेखको बडो प्रसम्सा गरे र मैले फेसबुकबाट नै साथी बन्न अनुरोध गरे उहाँले सहज स्वीकार गर्नुभयो तर कुराकानी खासै हुदैन थियो । सामान्य कुराकानी सन्चो बिसन्चो मात्रै तर जब उहाँ मेरो साथी बन्नुभयो मैले उहाँको हरेक सिर्जना अध्योपान्त अध्ययन गर्ने रचनात्मक सुझाव दिने गर्थे । सायद मेरो यहि बानिले होला उहाँ म सङ बिस्तारै कुरा गर्दै नजिकिनु हुँदै थियो ।
चिनापर्चिको हरेक शृङ्खलामा उहाँ संग कुनै न कुनै बाहनामा मेरो बोल्ने क्रमजारी नै थियो मैले अङालेको राजनितिमा उहाँको पनि केही चासो रहेको पाए अब त झन निकट हुने बाहाना काफि नै भयो कहिले राजनीतिक बिषय त कहिले साहित्यिक बिषय अगाडि सार्दै म मन्जुरी कि नजिक हुँदै थिए । अब त मलाई मन्जरीको हरेक कुरा हरु आफ्नो लाग्न थालिसकेको थियो तर उक्त कार्यक्रम पछि हाम्रो भेट भने भएको थिएन । अब त मन्जरीलाई पनि मेरो मेसेज बिना अपुरो लाग्न थालिसकेको थियो एक दिन मेसेज नगर्दा नबोल्दा उहाँलाईपनि निकै छट्पटी हुन्थ्यो । जिबनका अनेकौं घुम्तिहरुमा सल्लाह सुझाव अर्ति उपदेशको अनि मायाको सबै रिक्त स्थानलाई उहाँले पूरा गर्दै आउनुभएको थियो पछिल्लो समय यति नजिक भैयो कि उहाँको मेसेज बिना त खाना पनि नरुच्ने भयो हरेक पलको खबर जरुरी जस्तै भएको थियो। मानिस बाध्यताले इमान्दारी बन्छ कि बाध्यतामा इमानदारी बुझ्न निकै कठिन हुन्छ । म पनि त्यस्तै भए मैले सुरुवाती दिनमा मैले उहाँको अनुहार अझै भनु शारीरिक सुन्दरतालाई नै प्राथमिकता दिएको थिए जब जब उहाँ सङ को पल बिताउदै गए त्यतिबेला मलाई शारीरिक सौर्न्दर्यता गौढ लाग्दै गएको थियो । घरमा केही खासखुस कुरा हुँदै थियोे आमा बुबाको नजिक बसेर मान्छे त खानदानी नै हुन भन्दै हुनुहुन्थ्यो म भित्र प्रबेस गर्दै गर्दा आमा चुप रहनु भयो बाबाले अलिक बेग्लै हेर्नुभएको हो कि भन्ने अनुभुती भयो त्यो सायद हबिगत मा थिएन कि खाना खाने समय थियोे खाना खाएर बेडतिर लम्कनै लाग्दा …..क्रमशः