News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गाउँगाउँमा आम्दानीको श्रोत बन्दै बाँस र निगालो !

    हिमाली संचार संवाददाता
    ५२४ पटक

    विमल विष्ट
    डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री निर्माण गर्ने सिपमा आएको बिकास र कामबाट राम्रो आम्दानी हुन थाले पछि उहाँ यस तर्फ व्यावसायीक रुपमा लाग्न थाल्नु भएको हो ।

    जुले मात्र होईन यस क्षेत्रका बिपन्न समुदायका परम्परागत रुपमा बास निगालोको डोको डालो बनाउने काम गर्दै आउनु भएका धेरैले बास निगालोको सामाग्री निर्माण गर्ने तालिम पश्चात दैनिक राम्रो आम्दानी गर्न थालेका छन् । बिपन्न समुदायका ब्यक्तिहरुले घरायसी आम्दानीका लागि बांस निंगालो डोको डालोको काम गर्ने यस क्षेत्रका ब्यक्तिहरुलाई बाँस निगालोको डोको डालोका अतिरिक्त घरायसी उपयोगका अन्य सामाग्रीहरु कुर्सि, टेवुल, स्टुल लगायतका सामाग्रीहरु निर्माण हुन थाले पछि आम्दानी बढ्न थालेको हो ।

    तालिम पश्चात थोरै समयमा राम्रोे आम्दानी हुन थाले पछि आफुले बास निगालोका सामाग्रीलाई प्राथमिकता दिएको डोटीको जोरायल गाउँपालिका ५ गड्सेराका रघुनाथ पार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, “पहिले त दिन कटाउन पनि डोका डालो बुनिन्थ्यो, अहिले तालिम पाएपछि आफुले गरेको मेहनेतले आम्दानी हुन थालेकाले यसैमा लाग्ने गरेका छौँ ।

    ग्रामिण पहुँच कार्यक्रमको आर्थिक तथा सामाजिक बिकास कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा परम्परागत रुपमा वास निगालोको काम गर्दै आएका बिपन्न बर्गका ब्यक्तिहरुलाई आधुनिक तालिम दिए पश्चात आम्दानी बढ्नुका साथै व्यावसायीक रुपमा यसै पेशालाई अंगाल्नेको संख्या बढेको बताईएको छ ।

    ग्रामिण पहुच कार्यक्रमको आर्थिक तथा सामाजिक बिकास कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक बिकास मञ्च नेपाल डोटीका कार्यक्रम संयोजक तिर्थराज भट्टका अनुसार क्षमता अभिबृद्धिका साथै बजार बिस्तार तथा पहुँचका क्रियाकलाप आयोजना गर्न थाले पछि गाउमा उत्पादित बस्तुहरुको बजार सम्मको पहुँच बढेको छ ।

    हाल आएर जिल्लाका धेरै जसो ग्रामिण क्षेत्रहरु समेत सडक सञ्जाल मार्फत जिल्लाका मुख्य बजार क्षेत्र सँग जोडिए पछि ग्रामिण क्षेत्रमा उत्पादित बस्तुहरुले समेत बजार पाउन थालेका छन् । थोरै उत्पादन काधमा बोकेर बजार सम्म पु¥याउनु पर्ने बाध्यता कम हुदै गए पछि ग्रामिण क्षेत्रमा व्यावसायीक रुपमा पेशा गर्नेहरुको संख्या समेत बढ्न थालेको केआईसिंह गाउँपालिका ५ का भगी पार्कीले बताउनुभयो ।

    ७ गाउँपालिका र २ नगरपालिका रहेको डोटीमा अधिकाँस गाउँपालिकाहरु सडक सञ्जाल संग जोडिएका छन् । परम्परागत रुपमा गर्दै आएका पेशा व्यावसायलाई आधुनिक सिपले आम्दानी र पेशा प्रति निर्भरता समेत बढेको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...