क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट बुधबार देखि रंगेलीमा शुरु
मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले ओलम्पीक चर्ट प्रज्वलीत गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभासद ग्यानेश्वर राजवंशी, रंगेली नगरपालिका कार्यकारी अधिकृत सुरेन्द्र बहादुर थापा मगर, वडाध्यक्ष रामचन्द्र मंन्डल, घन्शयाम पनेरु, प्यापसनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की, प्याब्सन मोरगका पुर्व अध्यक्ष सुनिल पौडेल, प्रदेश नं.१ का अभिभावक संघका अध्यक्ष देवी पन्थी, एजुकेशन हेल्प लाईन अध्यक्ष राजेन्द्र ढकाल लगायत काे समेत उपस्थित रहेको थियोे ।
कार्यक्रममा बिधार्थिहरुले अतिथिहरुलाई बिभिन्न गित हरुमा नृत्य गर्नुकाे साथै मार्च पार्स समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिवकुमार मण्डलले निजि स्तरका विद्यालयहरुले संञ्चालन गर्ने यस्ता किसिमका गतिविधीबाट सामुदायीक विद्यालयहरुले समेत यस्तो पाठ सिक्नुपर्ने बताए । रंगेलीको चौतर्फिक विकासका लागि अाफु प्रतिवद्ध रहेको समेत बताए ।
उक्त खेलमा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँ पालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुकाे प्रतियोगीतामा ११ विधामा प्रतिस्पर्दा हुने भएको छ । खेलमा प्रथम, द्वितीय र तृतीयहरु बिधार्थिहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरीने छ ।
बुधबार भएको पहिलो खेलमा १३ विद्यालयका ३२ छात्र र छात्रा सम्मीलित १०० मिटर दौडका दुई खेलको हिट चरण बाट १६ जना छनौट भएका छन् । स्पोर्टस मिटमा ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस लगायतको विभिन्न खेलहरू समावेश गरिएको छ । सम्पुर्ण खेल रंगेली जनता क्याम्पसको खेल मैदानमा हुने संयोजक बिकर्ण कार्कीले बताए ।


















