News Portal

  • स्थानीय निकायको खेलप्रति सहयोग नभएकोमा भलिवल खेलाडिहरुको गुनासो

    हिमाली संचार संवाददाता
    ४६९ पटक
    दुर्गा वि.सी. सल्लिबजार

    सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए ।

    गत आर्थिक वार्षिकको वजेटमा सिधै वडालाई ५० हजार रुपैया खेलकुदको लागि विनीयोजन भयो तर त्यो पैसा सिमित व्यक्तिहरुले मात्रै खर्चेको उनको दुखेसो छ ।

    बाँके, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र कालीकोट, जुम्ला, सुदुरपश्चि लगायतका क्षेत्र तथा जिल्लामा पुगेर उनिहरुले उत्कृष्ट खेल खेलेर, जिल्ला र नगरपालीका, गाउँपालिका मेडल, प्रमाण पत्र, ट्रपि जिती सकेका छन् । अन्य जिल्लामा आफुहरुलाई आर्थिक, पोषाक र खेल सामग्री लगाएतको ठुलो सहयोग भए पनि नगरबाट कुनै वास्ता नगरेको उनिहरुको दुखेसो छ ।

    आफ्नो नगरपालिकाबाट ठुलो सहयोग र आस गरेका थियौं तर आफुहरुको खेल प्रति नगरका जनप्रतिनीधी नै वेखबर भएको महशु गरेको उनिहरुको दुखेसो छ । अन्य जिल्लाका जिल्ला प्रमुख,स्थानीय तहका प्रमुखबाट पाएको माया, सहयोग, सद्भाव पाएको तर आफ्नै नगरबाट कुनै वास्ता नहुदाँ सधै मन खिन्न हुनु परेको खेलाडि उमेश वि.क.ले वताए ।

    हामीहरुले अन्य जिल्लामा पुगेर राम्रो खेल पर्दशन गरि प्रथम स्थान हुदाँ र जिल्ला तथा नगरको इज्जत उच्चो वनाउने खेल खेल्दा समेत कसैलाई केहि थाहा नपाए जस्तो गर्नुले निक्कै दुखी हुने गरेको भलिवल खेलाडि रञ्जितको गुनासो छ । खेल प्रति नगरको कुनै चासो नहुनु,कुनै सहयोग प्राप्त नहुनु भनेको दुखद पक्ष हो ।

    यो आर्थिक वर्षमा पनि मेयर कप प्रतियोगिताको लागि नगरले वजेट विनीयोजन गरेको छ भन्न सुनेका छौं । तर गत वर्षको जस्तै नभएर अलि व्यवस्थतीत तथा पादर्शि ढंगबाट खेल होस भन्ने उनिहरुको कामना छ । यो नगरपालिकामा भलिवलका लागि राम्रा खेलाडि छन् । उनिहरुले अन्य क्षेत्रमा पुगेर राम्रो खेल पदर्शन गरेर सधै उत्कृष्ट स्थान प्राप्त गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

    वासिङ्टन डीसी। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन...

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...